राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङबाट आजदेखि शुरु हुँदै

<span class='c1'>राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा</span> <span class='c2'>ताप्लेजुङबाट आजदेखि शुरु हुँदै</span>

झापा,१५ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकारविरुद्ध नभएको प्रष्ट पारेका छन् ।
आजदेखि ताप्लेजुङ्गबाट शुरु हुने राप्रपाको १५ दिने राष्ट्रिय स्वाभिमान यात्रामा सहभागि हुन झापा आएका राप्रपाका अध्यक्ष कमल थापाले भद्रपुर विमानस्थलमा पत्रकारहरुसंग संक्षिप्त कुराकानीमा सो कुरा बताएका हुन् ।
देशमा महत्व पूर्ण राजनीतिक परिवर्तन भएर जुन बाटोबाट देशलाई हिडाउन खोजियो, त्यहाँ देखा परेका कमीकमजोरीहरु सच्याउनु पर्ने मागसहित राप्रपाले मेची–महाकाली यात्रा शुरु गर्न लागेको उनले बताए ।
राप्रपाले सरकार समक्ष २२ बुँदे माग बुझाइसकेको छ । सरकारले राप्रपाका आफ्ना माग सम्बोधन नगरे चैतको पहिलो सातादेखि देशव्यापीरुपमा शान्तिपूर्ण जनसंर्घषमा उत्रिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्