विराटनगरकाे न्युराेमा पक्षघातबाट बचाउन सफल सल्यक्रिया

<span class='c1'>विराटनगरकाे न्युराेमा पक्षघातबाट</span> <span class='c2'>बचाउन सफल सल्यक्रिया</span>

विराटनगर, १५ फागुन ।
बिराटनगरमा रहेकाे न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले पहिलो पटक सफल ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि प्रोसिडियोर भएको छ ।

न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंको नेतृत्वकाे चिकित्सकहरुको टोलीले पक्षघात भएका बिरामीलाई ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि गरि पूनः घातक पक्षघात हुनबाट बचाएको हो ।
हिले १ का सोभा परियारले न्यूरो अस्पतालले आफुलाई नयाँ जीवन दिएको बताइन् । बिरामी परियार विगत एक बर्ष देखि भारतको बिभिन्न अस्पताल तथा काठमाण्डौंको दर्जनौं अस्पताल धाएपनि उपचार नभए पनि न्युराेले आफ्नाे उपचार गरेकाे परियारका श्रीमान अशोक भुजेलले बताए । सोभा इन्ट्रा क्रिनियल, स्टेरोसिस र मधुमेह लगायतको रोगबाट ग्रसित थिइन् । घाँटी भन्दा माथिल्लो भागको नशामा बोसो जम्दा रक्तको बहाब अवरुद्ध हुँदा यो रोग लाग्ने गरेको न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंले जानकारी दिए । रोग लागेमा घातक पक्षघात हुने सम्भावना प्रवल रहेको उनले जानकारी दिए ।
नेपालमै पहिलो पटक इन्ट्रा क्रिनियल बेलुन एन्जियोप्लास्टि गरि इन्ट्रा क्रिनियल जस्तो रोगकोे न्यूरोले सफल शल्यिक्रया गर्न सफल भएकाे अस्पतालले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्