सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

<span class='c1'>सप्तरीमा करेन्ट लागेर बुबाको</span> <span class='c2'>मृत्यु, छोरा गम्भीर घाइते</span>

सप्तरी फाल्गुन १५ ।

खडक नगरपालिका–९ मा करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।

वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्