ताप्लेजुङ हेलिकप्टर दुर्घटना: टुँडिखेलमा श्रद्धाञ्जलि

<span class='c1'>ताप्लेजुङ हेलिकप्टर दुर्घटना:</span> <span class='c2'>टुँडिखेलमा श्रद्धाञ्जलि</span>

दीपक श्रेष्ठ

काठमाडौँ, फागुन १७ गते ।

ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार बिहानका लागि तय गरिएको छ ।

प्रतिकूल मौसमका कारण ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीबार १२ बजे मात्र शव लिएर काठमाडौँका लागि हेलिकप्टर उडेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शव पोस्टमार्टममा समय लागेकाले बुधबार ३ बजेका लागि तय गरिएको श्रद्धाञ्जलि कार्यक्रम स्थगित गरी शुक्रबार बिहान ८ बजेका लागि राखिएको छ ।
दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधनमा बिहीबार देशभर राष्ट्रिय शोक मनाइको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार शवलाई व्यवस्थित रूपमा नउठाइएका कारण शव परीक्षणमा जटिलता रहेको छ । शव पहिचानका लागि डाटा कलेक्सन र एनालाइसिसमा समय लाग्ने तर रातभर बसेर भए पनि शव परीक्षण सम्पन्न गरिने डा. वस्तीले जानकारी दिनुभयो ।

Sradanjali Tayari  -Rajendra
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, दुर्घटनामा निधन भएका सातै जनाको शव अपराह्न काठमाडौँ ल्याइएको र पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा सातै जनाको शव राखिने छ ।
अन्तिम श्रद्धाञ्जलिपछि आफन्तजनलाई शव जिम्मा लगाइने र मन्त्री अधिकारीको शवलाई पार्टीकै व्यवस्थापनमा हेलिकप्टरमार्फत् पोखरा लगिने कार्यक्रम रहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पोखराको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललगायत जानुहुने छ ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनपछि पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको सिस्ने भीरमा हेलिकप्टर दुर्घटना भएको थियो ।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्