उदयपुरमा किसानले अदुवा बिक्री गरेर राम्रो आम्दानी गरे

<span class='c1'>उदयपुरमा किसानले अदुवा बिक्री</span> <span class='c2'>गरेर राम्रो आम्दानी गरे</span>

गाईघाट, फागुन १७ गते ।

कटारी नगरपालिका ११ का किसानले यस वर्ष अदुवा बिक्री गरेर राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष बढी अदुवा बिक्री भएकाले किसानले एक करोड रुपियाँभन्दा बढी आम्दानी गरेका हुन् ।
स्थानीय किसान पूर्णवीर राउतका अनुसार यस वडाका गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाट असोजदेखि अहिलेसम्म करिब ११ हजार टन अदुवा बिक्री गरिएको छ । उहाँले भन्नुभयो, बारीबाटै प्रतिकिलो ८० रुपियाँँमा बिक्री भयो ।
अदुवा खरिद गर्न विराटनगर, धरान, काठमाडौँका साथै भारतबाट समेत व्यापारी आउने गरेको अदुवा जोनका अगुवा किसान कुसल राउतले बताउनुभयो ।

अदुवा खेतीलाई व्यावसायिक बनाउँदै लैजाने कटारी नगरपालिका ११ का अध्यक्ष दीपक बुढाथोकी बताउनुहुन्छ । अदुवाले नै गाउँको आर्थिक मुहार फेर्दै लगेको छ, उहाँले भन्नुभयोे, अदुवा बिक्री गरेर यस क्षेत्रका एउटा किसानले न्यूनतम पनि दुई लाख रुपियाँँ आम्दानी गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) को विकास कार्यक्रम उदयपुरका सञ्चालक समितिको संयोजक मणि खम्बूले यस क्षेत्रका अदुवा किसानका लागि पकेट क्षेत्र निर्माण गरी उत्पादन, बिक्री वितरण र प्रशोधनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

अदुवा, बेसार उत्पादन क्षेत्रको पहिचान गरी यसको व्यावसायिक विकासका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
कटारीमा उत्पादन हुने अदुवा नक्सलबारी हुँदै भारतमा निर्यात गर्ने गरेको अदुवा व्यवसायी सुरज साहले बताउनुभयो । अदुवा उत्पादन भए पनि गुणस्तरीय नहुँदा निर्यातमा समस्या रहेको भन्दै व्यवसायी साहले भन्नुभयो, किसानले राम्रो मूल्य लिए पनि गुणस्तरीय अदुवा दिन नसक्दा भन्सारमा रोकिने गरेको छ । भारतीय भन्सार नाकाबाट धुलाइ नगरेको (नपखालेको) अदुवा पास नहुँदा समस्या हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्