प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर दिवंगत सातै जनामाथि श्रद्धाञ्जली अर्पण

<span class='c1'>प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर दिवंगत</span> <span class='c2'>सातै जनामाथि श्रद्धाञ्जली अर्पण</span>

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा राखिएकाे छ । अन्तिम श्रद्धाञ्जलीका लागि सबैकाे शव एकै ठाउँ राखिएकाे हाे ।

दिवंगत मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठलगायतमाथि विशिष्ट व्यक्तिहरुकाे उपस्थितिमा सामूहिक श्रद्धाञ्जली अर्पण गरिएकाे छ ।

प्रधानमन्त्री केपी शार्मा ओलीले सातैजनालाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । यसैगरी राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले समेत सातैजनाकाे पार्थिव शरीरमाथि फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत मन्त्री एवं नेकपाका सांसद एव‌ं केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीकाे पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जी अर्पण गर्नुभएकाे छ । साथै मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

साे श्रद्धाञ्जली समाराेहमा पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपाल, पूर्व सभामुख सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा नेता घनस्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेललगायत नेता, कार्यकर्ता, शुभचिन्तक लगायत विशिष्ट व्यक्तिहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार गर्ने भनिएको श्रद्धान्जली कार्यक्रम घटनास्थलबाट शव काठमाडाैँ ढिलाइ हुँदा र शव पहिचानमा समेत ढिलाइ हुँदा कार्यक्रम आजका लागि सारिएकाे थियाे । श्रद्धाञ्जलीका लागि विभिन्न व्यक्ति र शुभचिन्तकहरु आउने क्रम जारी छ । आज बिहान ८ बजेदेखि दिवंगत सबैकाे पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि दिउँसाे ११ बजेसम्म टुँडिखेल मै राखिने जनाइएकाे छ । अन्तिम श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएकाे छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्