विराटनगरमा भएको संस्कृति ज्ञान परीक्षामा दुई हजार विद्यार्थी सहभागी

<span class='c1'>विराटनगरमा भएको संस्कृति ज्ञान परीक्षामा</span> <span class='c2'>दुई हजार विद्यार्थी सहभागी</span>

विराटनगर, १७ फागुन ।
विद्यार्थीलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउने उद्देश्यका साथ आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ । स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक”भन्ने उद्घोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा दुइ हजार भन्दा बढी बिद्यार्थीले सहभागीता जनाएका हुन् ।

परीक्षामा आर्दश माबिकी प्रियंका झा प्रथम, मनकामना स्कुलका प्रशान्त कुमार यादव दोस्रो र बुढीगंगा पब्लिक स्कुलका दर्शन गौतम तेस्रो भए । प्रथम हुनेलाई न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको तर्फबाट ३१ हजार, दोस्रो हुनेलाई उधोग संगठन मोरङको तर्फबाट २१ हजार र तेसा्रे हुनेलाई ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्ने १० जनाले प्रमाणपत्र सहित सम्मान पत्र प्राप्त गरेका छन् ।
आफ्नो धर्म, संस्कार र परम्पराबारे विद्यार्थीलाई परिचित गराउन यस्तो परीक्षा आयोजना गरिएको र यसलाई निरन्तरता दिइने आयोजक हिन्दू स्वयमसेवक संघका महेन्द्र साहले बताए । त्यस्तै न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिस्ट डाक्टर बिरेन्द्रकुमार विष्टले धर्म र संस्कृतीको रक्षाबाट मात्र समाज र राष्ट्र विकसित हुन सक्छ भन्दै स्वामी विवेकानन्दको ज्ञानको आफ्नो जिवनमा ठुलो प्रभाव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्