दार्चुला जिप दुर्घटना अपडेट : ११ जनाको मृत्यु , सबैको सनाखत

<span class='c1'>दार्चुला जिप दुर्घटना अपडेट : ११</span> <span class='c2'>जनाको मृत्यु , सबैको सनाखत</span>

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, फागुन १८ गते । दार्चुलामा १२ जना सवार जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ महिला ३ पुरुष र एक बालिकागरी ११ जनाले ज्यान गुमाएका हुन् । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको म १ ज २८० नम्बरको जीप दार्चुला तिंकर सडक अन्तरगत राताकाठा भीरमा दुर्घटनाग्रस्त भएको छ । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

जिप राताकाठा सडकबाट ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।  दुर्घटनामा गम्भीर घाइते जीप चालक दिपक सिह धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारकालागि भारतको पिथौरागढ रिफर गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर राताकाठाबाट शुक्रबार राती शव निकालेका थिए । अहिले मृतक सबैको शव जिल्ला अस्पताल दार्चुलामा राखीएको छ ।
प्रहरी, प्रशासनले यातायात सञ्चालन गर्न पटकपटक रोक लगाएको राताकाठा सडक खण्डमा जीप व्यवसायीहरुले अटेर गरि यातायात सञ्चालन गर्दै आएका छन् ।

जिप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले बिहान १० बजेपछि शव परीक्षण शुरु हुने बताइएको छ । अहिले अस्पतालमा आफन्तहरुको भीड लागेको छ । यो वर्षकै ठूलो जिप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जिपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्