प्रदेश सभामा शोक प्रस्ताव : आईतवारको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

<span class='c1'>प्रदेश सभामा शोक प्रस्ताव : आईतवारको</span> <span class='c2'>बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित</span>

विराटनगर, १९ फागुन । प्रदेश सभामा पहिलाे पटक शाेक प्रस्ताव पेश हुँदै  पारित भएकाे छ । आईतवारकाे प्रदेशसभा बैठकले फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका प्रति शोक प्रस्ताव पारित गरेकाे हाे ।

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले ताप्लेजुङ्गमा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यू भएको घटनाप्रति प्रस्तुत गरेकाे शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फूरुङबो र फत्तालुङ गाउँपालिका–३ लिङखिमको सीमा क्षेत्र सिस्ने खोलाको सिरानमा पर्ने दारेभीरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा प्रतिनिधी सभा सदस्य तथा संघीय सरकारका बहालवाला मन्त्री अधिकारीसहितको मृत्यू भएको थियो ।
सभामुख भण्डारीले प्रदेशसभाको बैठक सुरु गर्दै शोक प्रस्ताव पेश गरेका थिए । प्रस्तुत प्रस्तावलाई निर्णथार्य पेश गरिएकोमा प्रदेश सांसदहरुले हात उठाएर सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेका हुन् । दुर्घटनाका मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्