विराटनगर दरैयमा बस्तिकाे सरसफाईमा वडा अध्यक्ष नै लागे (फोटो फिचर)

<span class='c1'>विराटनगर दरैयमा बस्तिकाे सरसफाईमा वडा</span> <span class='c2'>अध्यक्ष नै लागे (फोटो फिचर)</span>

प्रेम देवान
विराटनगर १९ फागुन । अन्य बेला मलामीको जमघट हुनेस्थानमा शनिबार विराटनगर १६ दरैयमा रहेको शमसान घाट क्षेत्रमा वडा अध्यक्ष देखि प्रहरीको हातमा झाडु र हसिया देखियो । चारैतिर चिहान नै चिहान अनि मानिस मरेपछि दाहसस्कार गर्ने स्थानमा नेपाल प्रहरी सशस्त्र प्रहरी, नागरिक समाजका हातहरुमा सरसफाई गर्ने सामाग्री लिएर सरसफाई गरिदै आएको दृष्य देखियो ।
सामुदायिक सेवा केन्द्र रानी विराटनगरको अगुवाई शनिबार फोहोर र जङ्गगलले घेरिएको शमसान घाट सरसफाई गरिएको छ । मिल्श एरीयामा रहेका अधिकास विभिन्न जातिहरुले आफन्तकोे निधनपछि उक्त स्थानमा दाहसस्कारको रुपमा प्रयोग गर्दै आएका थिए ।
सरसफाई अभियानमा वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बा वडा सचिव कमल साह, वडा सस्दयहरुको उपस्थित रहेको थियो । सरसफाई अभियानमा सशस्त्र प्रहरी राजश्व गस्ती, ईलाका प्रहरी कार्यलय रानी , शमसान घाट उपभोक्ता समिति, जेष्ठ नागरिक समाज रानी, पाईला परिवर्तनका लागी, वेष्टमेनेजमेन्ट, नागरिक समाज, किरात याक्थुङ चुम्लुङ नगर समिति विराटनगरको सयुक्त पहलमा सरसफाई गरिएको सामुदायिक सेवा केन्द्र रानी विराटनगरका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए । जिर्ण र लथालिङ्ग भएको शमसान घाटलाई महानगरले मर्मत तथा संरक्षण गर्नका लागी आर्थिक सहयोग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्