विराटनगर,१९ फागुन । विराटनगरको ग्रेडेड बोर्डिङ स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि प्रतियोगिता आयोजना गरेको हो । साँस्कृतिक पोशाक प्रतियोगिताको प्रथम नेहा साहनी र अर्जुन सरदारको जोडी भएको छ ।
द्धितीय इशानी सिंह र मयङ्क कामत भए भने तृतीय सुलभ न्यौपाने र प्रेसु पोखरेलको जोडी भएका छन् । प्रतियोगिताको उत्कृष्ट पोशाकमा साँस्कृति सुवेदी, बेस्ट पफमेन्समा मारिया बस्नेत, बेस्ट मेकअपमा उपासना यादव, बेस्ट कन्फिडेन्टमा प्रतिक्षा श्रेष्ठ, बेस्ट प्रेजेन्टमा आयूष्मा श्रेष्ठ घोषित भए । यूकेजी र एलकेजीका ३८ जना बालबालिका प्रतियोगितामा सहभागि थिए ।
प्रतियोगितामा बिजेता हुने विद्यार्थीलाई अकर्षक ट्रफी र प्रमाणपत्र वितरण गरिए कार्यक्रम संयोजक लत्ता बस्नेतले जानकारी दिइन् ।
विजेता हुने बालबालिकालाई बिद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङका सचिब प्रेमलालसिंहले पुरस्कार बितरण गरेका थिए ।