राजविराजमा एचिभर्स कन्सल्टिङ सर्भिसेस खुल्यो , विद्यार्थीहरुले शैक्षिक परामर्श लिन सक्ने

<span class='c1'>राजविराजमा एचिभर्स कन्सल्टिङ सर्भिसेस खुल्यो ,</span> <span class='c2'>विद्यार्थीहरुले शैक्षिक परामर्श लिन सक्ने</span>

बिराटनगर फाल्गुन २१ ,

एचिभर्स कन्सल्टिङ सर्भिसेसले राजविराजमा शैक्षिक परामर्श केन्द्र शाखाको विस्तार गरेको छ ।  शिवरात्रीको अवसर पारेर सोमबार राजविराजमा एक कार्यक्रम बीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सो शैक्षिक केन्द्रको रिबन काटेर उद्घाटन गरे ।

राजविराज वडा नंं ४ मिनि मार्केटस्थित एक भवनमा शाखाको उद्घाटन गर्दै प्रमुख यादवले जिल्लाबाट शैक्षिक योग्यता हासिल गर्न भारत तथा अन्य मुलुकमा जान इच्छुक विद्यार्थीहरुले शैक्षिक परामर्श केन्द्रबाट उचित सल्लाह सुझाव हासिल गर्न सक्ने बताए ।

उक्त शैक्षिक परामर्श केन्द्रले भारत र बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका लागि उचित परामर्श दिने केन्द्रका निर्देशक सुनिल जयसवालले जानकारी दिए । उनले शैक्षिक परामर्श केन्द्र राजविराज सहित बिराटनगर, लहान र नेपालगंजमा समेत संचालनमा रहेको बताए ।

राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले भारत र बंगलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विभिन्न तयारी कक्षाको समेत संचालन गरेको निदेर्शक जयसवालको भनाई छ ।  सो केन्द्रमा ब्रिज कोर्स, सिटीइभीटीको इन्ट्रान्स कक्षा तयारीका साथै मेडिकल, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, पारा मेडिकल, नर्सिङ्ग, फार्मेसी, लगायतबारे परामर्श दिने जनाइएको छ ।

यसैगरी शाखाबाट बीबीए, बीकम, बीएसी मेडिकल ल्याब साईन्स, ब्याच्ल अफ टुरिजम एण्ड ट्राभल्स म्यानेजमेन्ट, ब्याचलर होटेल म्यानेजमेन्ट एण्ड केट्रिङ्ग टेक्नोलोजि, पोलिटेक्निक डिप्लोमा,  विटेक, एमटेक, बीबीए, एमए, बीएसी एर्गीकन्चर, एमसीए लगायत कोर्समा पढन चाहने सप्तरीका विद्यार्थीहरुको लागि ठुलो अवसर रहेको राजविराज शाखाका परामर्शकर्ता कन्सल्टेन्ट रबी जैनले जानकारी दिए ।

राजविराज शाखाका लागि दिपक चौधरी र रवि जैनले परामर्शकर्ताको रुपमा जिम्मेवारी दिएको शैक्षिक परामर्श केन्द्रका निर्देशक जयसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्