प्रधानमन्त्री ओली तथा प्रचण्ड आज झापामा , सुखानीमा श्रद्धाञ्जलिसभा आज

<span class='c1'>प्रधानमन्त्री ओली तथा प्रचण्ड आज</span> <span class='c2'>झापामा , सुखानीमा श्रद्धाञ्जलिसभा आज</span>

बिर्तामोड, फागुन २१ गते ।

झापा विद्रोहका शहीद स्मृतिमा सुखानीमा हुने श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा झापा विद्रोहका नेता केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुने भएको छ ।

झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानीमा गोलीहानी हत्या गरिएको थियो ।
योद्धालाई हत्या गरेको सम्झनास्वरुप नेपालका कम्युनिस्ट पार्टीले हरेक वर्ष फागुन २१ गते विशेष कार्यक्रम गर्दै आएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएपछि दुई शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड सोमबार झापा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली मङ्गलबार झापा आउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्