विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव : मंगलवार ‘बिटुलो आख्यान’ मञ्चन

विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव : मंगलवार ‘बिटुलो आख्यान’ मञ्चन

विराटनगर, २१ फागुन । विराटनगरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको सातौँ दिन मंगलबार ‘बिटुलो आख्यान’ नाटक मञ्चन भएको छ ।

फागुन १५ गते देखि सुरु भएको महोत्सवमा मंगलबार झापाको परिवर्तन थिएटरले बिटुलो आख्यान मञ्चन गरेको हो । महोत्सवमा बुधबार अफगानस्तानको पर्वाज थिएटर ग्रुपले ता रेहाये मञ्चन गर्नेछ । आरोहण गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा सुरु भएको महोत्सवको पहिलो दिन आयोजकले विराट पर्व नामको नाटक मञ्चन गर्यो । त्यस्तै दोस्रो र तेस्रो दिन इटालीको इन्स्ताबिली भंगान्तीले ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरेको थियो ।

महोत्सवको चौथो दिन भारतको रित्विक थिएटरले चम्पावती नाटक मञ्चन गर्यो भने पाँचौ दिन काठमाडौको गार्डेन थिएटरले मेमोरी यार्ड र सातौँ दिन झोराहाट नाट्य समूहले घर भित्रको अर्को घर मञ्चन गरेको थियो । फागुन २४ गतेसम्म चल्ने महोत्सवमा थिएटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुनेछ । अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका र पोख्त नाट्यकर्मीहरुसँग एकै मञ्चमा काम गर्न पाउँदा स्थानीयस्तरमा रहेका नाट्कर्मी र प्राविधिक लाभान्वित हुने नाट्कर्मीहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्