पोखरामा आजदेखि प्याराग्लाईडिङ बन्द

<span class='c1'>पोखरामा आजदेखि</span> <span class='c2'>प्याराग्लाईडिङ बन्द</span>

पाेखरा,२२ फागुन । बुधबारदेखि पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उडानमा रोक लगाउने भएको छ । दिनहुँजस्तो दुर्घटना तथा महानगरले तोकेको कर नतिर्ने कम्पनीलाई आज बुधबारदेखि उडानमा रोक लगाइने भएको हो ।
प्याराग्लाईडिङ कन्पनीले विगत २०७२ यता महानगरलाई कर बुझाएका छैनन् भने दर्ता पनि भएका छैनन् ।

पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले कर नतिरेका कम्पनीको उडान रोकिने जनाए । “कति छन्, तथ्यांक नै छैन्, ३ वर्षयता कर पनि तिरेका छैनन्,” उनले भने, “कर पनि नतिर्ने दर्ता पनि नगर्ने कम्पनीलाई सराङकोटबाट प्याराग्लाईडिङ उडानमा रोक लगाईनेछ ।”
थापाका अनुसार जम्मा एउटा कम्पनी मात्र महानगरपालिकामा दर्ता भएको छ । थापाका अनुसार अहिलेसम्म कम्पनीहरुले १ लाख ८६ हजार रुपैयाँ कर तिर्न बाँकी नै छ । तत्कालीन सराङकोट गाविस हुँदा वार्षिक १ लाख २५ हजार रुपैयाँ पर्यटन कर तोकिएको थियो । त्यतिबेला कम्पनी थोरै थिए । पछि कम्पनी बढि भएपछि वार्षिक ५५ हजार रुपैयाँ सम्म गाविसले कर तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्