शेर्पा जातिले ग्याल्पो ल्होसार आज मनाउँदै

<span class='c1'>शेर्पा जातिले  ग्याल्पो ल्होसार</span> <span class='c2'>आज   मनाउँदै</span>

काठमाडाै, २३ फागुन । यो पर्व बौद्ध धर्मालम्बीहरुको मुख्य चाड फागुन महिनामा पर्दछ । विशेषगरी शेर्पा जातिले मनाउने गरेता पनि यो पर्व अन्य विभिन्न जात जातिहरुले पनि मनाउँदै आएको पाइन्छ । ग्याल्पो ल्होसार फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिना अघि देखि नै गरिन्छ।

‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ। कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ। बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ।

तिब्बती पञ्चांगमा १२ जनावर, ५ धातु र २ लिंगअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ। यस नियमले १२० वर्षमा १ चक्र पूरा हुन्छ। आज तिब्बती पञ्चांगअनुसार खी लो (कुकुर वर्ष) सकिएर फग (सुँगुर वर्ष) २१४५ प्रारम्भ हुने दिन हो। यसर्थ धार्मिक विधिअनुरूप आज चरा वर्षलाई बिदा गरी सुँगुर वर्षलाई स्वागत गरिँदै छ।

विशेष तिब्बतियन, शेर्पा तथा योल्मो समुदायले मनाउने यस पर्वमा घर आगनमा सफा गरिसकेपछि गुथुक नौ प्रकारका गेडागुडी जस्तै चना केराउ भटमास मुला जौ चामल आँटा मकै आदि मिसाइ बनाएको परिकार भगवानलाइ अर्पण गरी आँफु पनि खाने पाहुना लाइ पनि खुवाउने गरिन्छ । यो पनि अन्यकुराहरु तमु ल्होसार जसरी नै मनाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्