सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक विदा

<span class='c1'>सप्तरीको राजविराज नगरपालिकामा</span> <span class='c2'>सार्वजनिक विदा</span>

सप्तरी, २३ फागुन । सप्तरीको राजविराज नगरपालिकाले बिहीबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ।

नगर कार्यपालिकाले सूचना जारी गर्दै २०७३ फागुन २३ गतेका दिन मलेठ घटनामा शहीद भएकाहरुको सम्झनामा शोकसभा तथा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै विदा दिएको हो।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा दुई २०७३ फागुन २३ गते मलेठस्थित गजेन्द्रनारयण सिंह औद्योगिक क्षेत्रभित्र आयोजित जनसभापछि प्रहरीसँग भएको झडपमा   पाँच जना मारिएका थिए। मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत मलेठ गाउँ नजिकै रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित जनसभापछि नेताहरु बाहिरिने समयमा प्रहरीको गोली लागेर पाँच जना मारिएका थिए।  प्रहरीको गोली लागेर मलेठ २ का २४ वर्षीय सञ्जन मेहता, प्रसवनका, आनन्दकुमार साह, मलेठ –२ का वीरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल र जमुनी मध्यपुरा– १ कटवीका इनर यादव मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्