विराटनगरमा हुने साफ च्याम्पियनसिप महिला फुटबलमा यसपटक नेपालले ईतिहास रच्ला !

<span class='c1'>विराटनगरमा हुने साफ च्याम्पियनसिप महिला फुटबलमा</span> <span class='c2'>यसपटक नेपालले ईतिहास रच्ला !</span>

प्रेम देवान ।
विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाधार निर्माणको काम तथा खेलाडी व्यावस्थान सबैको मिलाई सकेको बताए ।
शेर्पाका अनुसार नेपाल र नेपालीको इज्जत बढाउने भएको कारण साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताका लागि आउँदो २६ गतेदेखि २८ गतेसम्ममा विराटनगरमा खेलाडी र अन्य गरेर करिब ३ सय विदेशी विराटनगरमा आउनेछन् ।
विराटनगरमै प्रतियोगिता गर्नुको मुख्य उद्देश्य नेपालले जित निकाल्नु भएको भन्दै अध्यक्ष शेर्पाले यस पटक इतिहाँस रच्ने दावी गरेका छन् । साफ च्याम्पीयनसिप हुने विराटनगरको रंगशाला अन्तराष्ट्रिय स्तरको बनाएको समेत उनले बताए ।
अध्यक्ष शेर्पाले टिकट वितरण यसपटक बारकोट सिस्टममा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए । यसो गर्दा नक्कली टिकट बनाएर हुनसक्ने अवैध कार्य रोकिने शेर्पाको भनाइ छ ।
प्रतियोगिताको सुरक्षाका लागि खेल मैदानमा स्वयंसेवक रहने, दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिने जानकारी दिए । विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।
सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ । नेपालको तर्फबाट टिम क्याप्टेन निरु थापा नेतृत्वमा खेलाडी रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्