सिके राउतद्धारा स्वतन्त्र मधेश अभियान परित्याग नेकपा प्रवेश गर्दै

<span class='c1'>सिके राउतद्धारा स्वतन्त्र मधेश अभियान </span> <span class='c2'>परित्याग  नेकपा प्रवेश गर्दै</span>

काठमाडौं २४ फागुन । मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् ।

शुक्रबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा प्रवेश गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले राष्ट्रियसभा गृहबाट राष्ट्रिय महत्वको घोषणा हुन लागेको जानकारी दिए । देश सञ्चारसँग कुरा गर्दै अर्यालले घुमाउरो ढंगले भने, ‘दिउँसो १ बजे राष्ट्रियसभा गृह आउनुहोस् । त्यहाँ प्रधानमन्त्री पनि आउनुहुन्छ । तपाईंले राष्ट्रिय महत्वको विशेष न्युज पाउनुहुन्छ ।’
राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । रौतहट जिल्ला अदालतको आदेशअनुसार राष्ट्र विखण्डनको आरोपमा पुर्नपक्ष थुनामा रहेका राउतलाई सर्वोच्चले साधरण तारिखमा छाड्न आदेश दिएको थियो ।
देश सञ्चारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्