सरकार र पृथकतावादी आन्दोलनका नाईके सिके राउत बीच किन भयो ११ बुँदे सहमति

<span class='c1'>सरकार र पृथकतावादी आन्दोलनका नाईके सिके राउत</span> <span class='c2'>बीच किन भयो ११ बुँदे सहमति</span>

काठमाडौं २४ फागुन । सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ ।
आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते विच ११ बुँदे सहमतिमा हस्ताक्षर गरे । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति पनि भएको छ ।
आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार गर्ने, शान्तिपूर्ण तरिकाले राजनीति गर्न प्रतिबन्ध नलगाइने सहमतिपत्रमा लेखिएको छ ।सहमति अनुसार, राउत र उनका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्नेछैनन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु उपस्थित रहेका छन् । सहमति पत्रमा सिके राउतले पृथकतावादी अन्दोलन छाडेर मुल धारको राजनीतिमा आउने विषय उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्