समुदायसँग चिया कार्यक्रम : प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी आफैँ पुग्छन् गाउँमा

<span class='c1'>समुदायसँग चिया कार्यक्रम : प्रदेश प्रहरी</span> <span class='c2'>कार्यालय विराटनगरका डिआईजी आफैँ पुग्छन् गाउँमा</span>

विराटनगर,  २४ फागुन ।  समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत   जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिका-८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

टाईम्स अस्पताल रंगेलीको सहकार्यममा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरणमा कार्यक्रममा ११ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। सोही अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख  रिजालले समुदायसँग चिया कार्यक्रम गर्नुका साथै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी लगायत सर्वसाधारणहरूसँग अन्तरक्रिया गरेका थिए ।

डिआईजी रिजालले महेन्द्र आधारभूत बिद्यालयका १ सय ८२ जना छात्र छात्राहरूलाई  समित सारडा स्मृति प्रतिष्ठानको सहयोगमा प्राप्त स्टेशनरी सामान बितरण गरे । उनले जनताको सुख दुःखको साथी प्रहरी भएको  जानकारी दिँदै समाजमा हुने बिकृति, बिसंगति बिरुद्ध सबै नागरिक र प्रहरी  एक जुट भई सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. ले सामुदाय-प्रहरी साझेदारीको अवधारणा आवश्यकता र यसको उद्देश्य अनुरूप जनतासँग नै केन्द्रित रही जनताको घरदैलोमा प्रहरीको पहुँच पुर्‍याउनको लागि यो कार्यक्रम आवश्यकता रहेकोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्