यातायात व्यवसायी कम्पनी ऐनमा दर्ता हुने,कम्पनी ऐन २०६३ संशोधन भएपछि दर्ता हुन तयार

यातायात व्यवसायी कम्पनी ऐनमा दर्ता हुने,कम्पनी ऐन २०६३ संशोधन भएपछि दर्ता हुन तयार

काठमाडौँ, फागुन ३० गते ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध यातायात व्यवसायी कम्पनीमा दर्ता हुने भएका छन् । सार्वजनिक सवारी साधन पञ्जीकरण गर्ने समयावधि थप भएसँगै कम्पनी ऐन २०६३ संशोधन भएपछि दर्ता हुन तयार भएका हुन् ।  फागुन १९ गते संशोधन भएको ऐनले दर्ता अवधि पनि तीन महिना थप गरेको छ । महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी डोलनाथ खनालले भन्नुभयो, ‘‘ऐन संशोधन गरेपछि सरकारसँग हामीले गरेको सम्झौता अनुसार अब कम्पनीमा जान्छौं ।”
ऐन संशोधनपछि पञ्जिकरणमा जान आनाकानी गरिरहेका यातायात व्यवसायीलाई सहज भएको छ । एक कम्पनीबाट सयवटा सवारी साधन मात्र दर्ता गर्न पाइने प्रावधान व्यवसायीको अनुरोधमै हटाइएको छ ।

कम्पनी ऐन २०६३ को दफा ९ मा प्रालिमा दर्ता गर्न शेयर होल्डरको संख्या १०१ भन्दा बढी हुन नहुने प्रावधानलाई संख्या नतोक्ने व्यवसायीको माग थियो ।
सिण्डिकेटको अन्त्य र सार्वजनिक सवारी साधनलाई करको दायरामा ल्याउन सरकारले नयाँ निर्देशिका ल्याइ पञ्जीकरण गर्नुपर्ने व्यवस्था लागुगरेको १० महिना पुगेको छ । तर हालसम्म चार हजार कम्पनीका १० हजार सार्वजनिक सवारी साधन पञ्जीकरण भएका छन् । नेपालमा दुई लाख सार्वजनिक सवारी साधन सञ्चालनमा रहेको विभागको तथ्याङ्क छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यथास्थितिमै पञ्जीकरणमा जान नसकिने अडान गर्दैआएको थियो । पञ्जीकरणमा जानकालागि पहिला भौतिक तथा आर्थिक सम्पत्तिको सुनिश्चित्ता व्यवसायीहरुले खोजेका थिए । बैंक खाता पनि फुकुवा हुनुपर्नेे माग गरेका थिए । तर पूर्णरुपमा खाता फुकुवा भने गरिएको छैन ।

विभागले प्रदेशका यातायात कार्यालयहरुमा पनि पञ्जीकरणको व्यवस्था गरेका छ । महासंघसँग आवद्ध व्यवसायीहरुसँग झण्डै डेढलाख यात्रुवाहक सवारी साधन रहेको महासंघले जनाएको छ । तर महासंघका महासचिव सरोज सिटौलले सरकारसँग थप छलफलपछि मात्र अगाडि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्