विराटनगरमा महिला साफ च्याम्पियनसिप : ब्यवस्थापनमा हदैको लापरवाही

विराटनगरमा महिला साफ च्याम्पियनसिप : ब्यवस्थापनमा हदैको लापरवाही

विराटनगर, ३० फागुन ।
मंगलवार देखि बिराटनगरमा शुरु भएको साफ महिला च्याम्पियनसिपको बुधवारको खेल माल्दिभ्स र भारत बिचमा थियो । खेल शुरु हुँदै गर्दा आयोजक हतारोमा देखिन्थ्यो । त्यहाँ बजाईनु पर्ने माल्दिभ्सको राष्ट्रियगान आयोजकसँग थिएन । हरेक प्रतियोगिता शुरु हुन भन्दा पहिला दुबै सहभागी देशको राष्ट्रियगान बजाईनु पर्ने हुन्छ । तर त्यही राष्ट्रियगानमा आयोजकले ध्यान नदिँदा समस्या देखिएको हो । फिफा र भारतीय राष्ट्रियगान बजेसँगै माल्दिभ्सको राष्ट्रियगान बजाउने बेलामा नबजाईदिँदा खेलाडी आफैँले राष्ट्रियगान गाएका हुन् ।
एन्फाले बजाउनु पर्ने राष्ट्रियगान बजाउन नसकेपछि माईक खेल मैदान मै लगेर खेलाडीलाई राष्ट्रिय गाउन लगाईएको थियो । तर आयोजकले भने डाउनलोड भएको राष्ट्रियगान प्राबिधिक समस्याले नबजेको र तत्काल डाउनलोड गर्न ईन्टरनेट स्लो भएको प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्