विराटनगर, १ चैत ।
विराटनगरको शहिद रंगशालामा शुक्रवार बिहान नेपाली महिला खेलाडीहरु शनिवारको बंगलादेशसँगको खेलको पुर्ब तयारीमा थिए । गुरुले खेलाडीलाई सिकाउँदै थिए भने खेलाडीहरु उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै गरेका देखिन्थे ।
नेपाली महिला टिमकी क्याप्टेन निरु थापा कोचले सिकाए अनुसारको खेल प्रदर्शन गरेर बिजेता हुने दाउमा छिन् । बंगलादेशको खेल पनि राम्रो रहेकोले उनीहरुसँग केही टेक्नीकल रुपमा खेल्नु पर्ने अबस्था रहेको उनले बताईन् ।
तर नेपाली महिला टिम की क्याप्टेन बंगलादेशको भन्दा नेपाली टिम राम्रो भएकोले सहजै जित हात लाग्नेमा ढुक्क छिन् । भुटानसँग खेलेको भन्दा केही डराएर खेल्नु पर्ने अबस्था भने रहेको नेपाली टोलीको भनाई छ । नेपाली टोलीमा देखिएको आक्रमण र डिपेन्सलाई ध्यान दिएर खेल्नु पर्ने निरु बताउँछिन् । भुटानसँगको केही त्रुटीलाई औल्याउँदै बंगलादेशसँगको तयारीमा रहेको नेपाली महिला टोली बंगलादेशलाई पाखा लगाउने दाउमा छ ।
बंगलादेशसँगको खेलको लागि तयारी पुरा भईसकेको छ । जीतको लागि खेल खेल्ने भएकोले बंगलादेशसँगको खेलमा क्लीन चिट लिएर निस्कने दाउमा नेपाली कोच छन् । भुटानसँग केही समस्या भएको महसुस गरेका नेपाली कोेच बंगलादेशसँगको खेल आक्रमक खेलाउने दाउमा छन् । नेपाली महिला फुटवल टोलीका कोच हरि खड्का बंगलादेशलाई जितेर गु्रप विजेता हुँदै सेमीफाईनलमा पुग्ने दाबी गर्छन् । बंगलादेश, भारत र नेपाल दक्षिण एसियामा स्थापित भईसकेको टोली भएकोले आउँदै गरेको टोली बंगलादेश हो र बंगलादेश भन्दा बलियो टोली नेपालको छ । भारतसँग पनि बलिायोे टोली रहेकोले यही तिन टोली बिचमा प्रतिस्पर्धा हुने खड्काको भनाई छ ।
भुटानसँग पहिलो खेल खेलेको नेपालले भुटानलाई नै हराएको बंगलादेशसँग खेल्ने छ । दुबै देशले भुटानलाई हराएकोले दुबै देशको खेलाडीको बारेमा दुबै देशले कुन खेलाडी कस्तो भनेर आँकलन गरिसकेका छन् । भुटानलाई हराएर आएको बंगलादेशको खेललाई हेरेर नेपालले योजना बनाईसकेको छ । बंगलादेशका राम्रा खेलाडी भनेका ६ र १५ नै प्ले मेकर भएको नेपाली खेलाडीको बुझाई छ । दौडमा बंगलादेशकी क्याप्टेन बलिया खेलाडीको रुपमा गनिएकी छिन् ।
अहिलेसम्म देखाएको खेलहरुबाट स्टाइकरमा नेपाल दक्षिण एसियामै राम्रो रहेकोले स्टाईकरले आफ्नो क्वालिटी अनुसार खेल्ने आशा गरिएको छ । नेपाल ब्यालेन्समा खेल्ने टोली भएकोले पहिलो प्राथमिकता बंगलादेशसँग खेल जितेर देखाउनेमा नेपाली टोलीको दाउ छ ।