तेह्रथुमकाे लालीगुराँसमा आगलागी, १० लाख बढीकाे क्षति

<span class='c1'>तेह्रथुमकाे लालीगुराँसमा आगलागी, </span> <span class='c2'>१० लाख बढीकाे क्षति</span>

तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका-६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा साढे १० लाख मूल्य बराबरको क्षति भएको छ ।  बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, भाडावर्तन, नगद २० हजार जलेर नष्ट हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसैगरी टंक बहादुर खड्काको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, गाईगोठ, घर भित्र रहेको सम्पूर्ण सर-सामान र  नगद ३ लाख जलेर नष्ट हुँदा ८ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्