विराटनगर भन्सार गेटबाट लागूऔषध सहित एकजना पक्राउ

<span class='c1'>विराटनगर भन्सार गेटबाट लागूऔषध</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

विराटनगर, ५ चैत ।   विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ नेता चोक बस्ने बर्ष २० को मोहन साहलाई पक्राउ गरेको हो । बेलुकी  जोगवनीबाट विराटनगर तर्फ पैदल आउँदै गरेका साहलाई शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध डाईजेल्याब-५५ एम्पुल, एभिल-५५ एम्पुल, लुपिजेसिक-५५ एम्पुल र स्पास्मोप्रोक्सिभोन-१६ क्याप्सुल बरामद गरेको हो । बरामद लागूऔषध सहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्