विराटनगरको बाल आश्रमका अनाथ बालबालिकासँग होली

<span class='c1'>विराटनगरको बाल आश्रमका</span> <span class='c2'>अनाथ बालबालिकासँग होली</span>

बिराटनग,६ चैत । बिराटनगरको अप्पन बिराटगढ परोपकार समाजले पुर्वाञ्चल बाल आश्रमका बालबालिकासँग होली खेलेको छ। बिराटनगरमा रहेको पुर्वाञ्चल बाल आश्रमको अगाडिकोे खाली मैदानका एक कार्यक्रमको आयोजना गरी होली खेलेको हो ।
बाल आश्रमकी अध्यक्ष सीता पोखरेलले आयोजक संस्थालाइ धन्यवाद ज्ञापन गर्दै खुशी व्यक्त गरिन । उनले आश्रमलाई प्राथमिकता दिएर गरिको कार्यक्रमले बालबालिकामा खुसीको संचार प्रवाह हुने बताईन् । यनले होलीलाई नशा रहित र सभ्य तरिकाले मनाउन आग्रह गरे ।
संघीय समाजवादी फोरमका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादबले होली पर्वको शुभकामना दिदै अगामी दिनहरुमा पनि बाल आश्रममा कार्यक्रम गर्दा सहयोग हुने बताए । कार्यक्रममा स्थानीय कलाकारहरुले गित गाएर रमाईलो गरेका थिए ।
राजेश कुमार झा र बसुन्धारा झाको संयोजजनमा भएको कार्यक्रममा भारत नेपाल समाजिक सांस्कृतिक मञ्च नेपालकी अध्यक्ष प्रीती झा, कार्यक्रममा भगवान झा, स्थानिय सुशिला यादव, दहेज मुक्त अभियानका अभियन्ता प्रविन नारायण चौधरी, स्थानीय आशा झा लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्