विराटनगर बिमानस्थल असुरक्षित बन्दै, भिआईपी स्वागतको नाममा हुने भिड ब्यवस्थापनको तयारी

<span class='c1'>विराटनगर बिमानस्थल असुरक्षित बन्दै, भिआईपी स्वागतको</span> <span class='c2'>नाममा हुने भिड ब्यवस्थापनको तयारी</span>

विराटनगर, १२ चैत ।
विराटनगर विमानस्थललाई ब्यवस्थित गर्न सरोकारवालाहरु सहमत भएका छन् । सिटी, टेम्पो, रिक्साको भाडा १५ दिन भित्रमा ब्यवस्थापनको काम गरिने निश्कर्ष निस्किएको छ । विराटनगरमा संवाद समुहले आयोजना गरेको संवादमा विमानस्थलबाट बाहिरिएर गन्तब्यसम्म पुग्नका लागि विमानस्थल देखि राजमार्गसम्म निस्कँदा रिक्सा, सिटी तथा अटोले बढी भाडा लिने गरेको गुनासाका आधारमा १५ दिन भित्र भाडा निर्धारण गर्ने बारेमा निश्कर्ष निस्किएको हो ।

त्यस्तै भिआईपी कक्षमा दलका नेता तथा कार्यकर्ताको अत्याधिक भिडभाडले बिमानस्थल सुरक्षामा समस्या देखिएको सुरक्षा तथा नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । छलफलमा भिआईपी कक्षको भिड नियन्त्रण गर्न सरोकारवाला राजनैतिक दल र प्रहरी, प्रशासन र नागरिक उड्ययन प्राधिकरण सबै एक भएका छन् ।
राजनैतिक दलहरुले मापदण्ड बाहिर र नियमावली विपरित बढी कार्यकर्ता लग्ने कामलाई रोक्ने अनी प्रहरी प्रशासनले त्यसलाई भित्र बढी प्रवेश गर्न नदिने बारेमा पनि सहमती बनेको हो ।
त्यस्तै संवादमा बिमानस्थल भित्र राजनैतिक दलका नेताहरुसँग विशिष्ट कक्षमा हुने भेटघाट कार्यक्रमलाई बिमानस्थलमा नराख्ने बारेमा काम शुरु गर्ने दलहरुले प्रतिबद्धता जनाएका छन् । तर तत्काललाई दलहरुले समस्यालाई समाधान गर्ने तर्फ उन्मुख भई रहँदा तत्काल भिआईपीको ब्यवस्थापन अहिले भईरहेको अबस्थामा असजिलो रहेकोले तत्काल पुर्बाधार निर्माणको बिषयमा पनि बिमानस्थले प्रक्रिया अगाडी बढाउनु पर्ने बताएका छन् । पुर्बाधार तथा संरचना निर्माण गर्ने बारेमा काम ब्यवस्थित रुपमा ब्यवस्थापन गर्ने । सामुहिक रुपमा बिधि बनाउने र सबैले पालना गर्ने बारेमा सबै सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।
सेवाग्राही तथा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले अन्तराष्ट्रिय स्तरको मापदण्ड बनाईरहँदा आन्तरिक ब्यवस्थापन, शुशासन, टिकट ब्यवस्थापन, विमान समयमा नउड्ने समस्या पनि उस्तै नै रहेको बताए । सर्बसाधारण देखि पार्टीका कार्यकर्तासम्मलाई भिआईपी कोको हुन् भन्ने जानकारी नै नभएकोले त्यो जानकारी दिईनु पर्ने बताए ।
नेकपाका नेता गोपी आछामीले प्रदेशको राजधानी भएकाले सबै मुख्यमन्त्री देखि मन्त्री र सांसदहरु विमानस्थल जाने परिपाटीले बिमानस्थ अस्तब्यस्त भएको बताए ।उनले यस्तो परिपाटी नै ठिक नभएको सुनाए । दलहरुमा पनि समस्या रहेको सुनाए । उनका अनुसार, ‘कार्यकर्तालाई बोलाएन भने कार्यकर्ता रिसाएर भनेन भन्दै रिसाउने, गरेका छन्, उनले भने केही प्राबिधिक कठिनाई रहेकोछ, त्यसलाई ब्यवस्थित त गर्नैपर्छ ।’ सर्बदलिय बोलाउने, निर्णय गरेर अगाडी बढाउने हो भने बिमानस्थलमा दलका कार्यकर्तालाई नलग्न र मिडिया पनि त्यहाँ नजाने की भन्ने आफ्नो तर्क रहेको सुनाए । अहिलेको भिडभाडलेसुरक्षा तुनौती चै बढेकै महसुस भएको छ, उनले भने ।
नेपाली कांग्रेसका नेता मोदराज घिमिरे केही नेताहरुले भिड नल्याउन भन्दै शुरुवात पनि गरेको र केही नेता भने मोरङ जिल्लाले वास्तै नगर्ने गरेको समेत भन्ने गरेको सुनाए । कसले बढी भिड जम्मा गर्ने भन्ने होड रहेको स्वीकार गर्दै होडवाजी चल्नु राम्रो कुरा नभएको बताए । उनले कफी सेन्टरलाई भिआईपी रुम बनाउन सुझाव दिँदै ब्यवस्थापन गर्न सकिने बताए ।
नेकपाका नेता महेश रेग्मीले बिधिबाट समस्या समाधानमा जानु पर्ने बताए । समस्या पनि हामी नै हो समाधान पनि हामी नै हौ, उनले भने, मनोबिज्ञानलाई फेर्नको लागि समय लाग्छ, तर काम आजै देखि शुरु गर्नुपर्छ ।’ बिमानस्थल प्रशासनले जे निर्णय गर्छ त्यो मान्नु पर्छ, आफ्नो दल तयार रहेको सुनाए । राप्रपाका नेता टंक गुरागाईले राप्रपाको पनि कार्यकर्ता भित्रै लग्नु पर्छ भन्ने मान्यता नभएको बताए । सबैले कार्यकर्ता बिमानस्थलको भिआईपी कक्षदेखि विमानको ढोकासम्म नै पुर्याउने प्रबृति रोकिनु पर्ने बताए ।
जो भिआईपी प्रयोग गर्दैनन्
प्रदेश सांसद जयराम यादवले विमानस्थलको भिआईपी अहिलेसम्म आफुले प्रयोग नगरेकोले बिमानस्थलमा भिड लगाउनुको अर्थ नभएको बताए । विमानस्थलमा भिड लगाउनु भन्दा पार्टी कार्यकर्ताको कार्यक्रममा भिड लगाएर देखाउन आग्रह गरे ।
राजपाका केन्द्रीय सदस्य भोगेन्द्र यादवले साना दल र ठुला दलका बिचमा भेदभाव गरेको बताए । बिमानस्थलले तेकेको ब्यवस्था अनुसार भिआईपी आफुले पनि केन्द्रीय सदस्यको रुपमा प्रयोग गर्न पाउने भएपनि अहिलेसम्म प्रयोग नगरिएको उनको भनाई छ । ठुला दलले भित्रैसम्म कार्यकर्ता लग्छन् तर साना दलको त्यस्तो नभएको बताए । उनले आफुहरु दलका नेता आउँदा भिडभाड गराउने पक्षमा नरहेको बताउँदै कार्यालयले नियम बनाउने वितिकै त्यो नियम मान्न तयार रहेको सुनाए ।
प्रशासनका कडा कुरा
जिल्ला प्रहरी कार्यालयमा प्रमुख मनोज केसीले विमानस्थल सुरक्षा संबेदनशिल रहेको बताए । अहिले अस्थायी राजधानी भएकोले भिडभाड बढेको भन्दै भिडभाड भन्ने बितिकै ति क्षेत्र असुरक्षित र अति संशेदन शिल हुने भएकोले त्यसमा पनि बिमानस्थलमा हुने भिडभाड रोक्न सबै दलह लाग्ने बितिकै प्रहरीले त्यसलाई ब्यवस्थापन गरेर देखाउने बताए । अहिलेको अबस्यकता अनुसारको संरचना र प्रणाली चाहिने भएपनि त्यो अनुसार नभएको स्वीकार गरे । अब नयाँ संरचना बन्ने र प्रणाली सँगै जोडिनु पर्नेमा जोड दिए । तर अहिलेको भिआईपी र भिभिआईपी कक्षको समस्यालाई तत्काल समाधानको आबस्यकता रहेको औल्याए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बिराटनगर विमानस्थल समस्या हैन अबसरको खानी रहेको बताए । भारतको बागडुग्रा देखि थाईल्याण्डसम्म बिराटनगरबाट नै उडान गर्न सकिने सुनाए। भिभिआईपी, भिआईपीलाई किन दिईन्छ, दिईने ब्यवस्थाको बारेमा सबैले बुझ्न जरुरी हरेको बताए । पहिला देखि नै चल्दै आएको बानीलाई ब्यवहारमा परिवर्तन गर्न पाए हुन्थ्यो भन्ने कुरा आफ्नो रहेको बताए । ‘मेरो स्वागतमा कति मान्छे आउँछन् भन्ने कुरालाई नै ध्यान दिईनु पर्छ, उनले भने, समस्याको बारेमा सबैले बुझेपछि समाधानका बिकल्पको बारेमा पनि छलफल शुरु हुन्छ । अहिले त्यो भएको छ ।’
राजनैतिक दलहरुले धेरै कार्यकर्ता बिमानस्थल भित्र लग्दा कुनै घटना भईहाले त्यसको जिम्मेवार को हुने भन्ने बिषय गम्भीर भएको उनले उल्लेख गरे । अहिले बिराटनगर बिमनस्थलको भिआईपी कक्ष अत्यन्त समस्याग्रस्त अबस्थामा रहेकोले सुरक्षा ब्यवस्थालाई ध्यन दिएर नियममा उल्लेख भए भन्दा बढी कार्यकर्ता लग्ने क्रम घट्यो धेरै समस्या कम हुने बताए । उनले बिमानस्थलामा भेटघाटका कार्यक्रम नराख्न आग्रह गरे ।
नागरिक उड्ययन प्राबिधकरण बिराटनगरका प्रमुख टेकनाथ सिटौलाले भिआईपीलाई लिने र छाड्ने कुरा समस्याको रुपमा रहेको छ । ‘पुर्याउने भन्दा पनि रिसिभ गर्ने कुरा समस्याको रुपमा रहेको छ, उनले भने, ‘हाई प्रोफाईलका रुपमा आएका ब्यक्तिहरु नै समस्याको रुपमा छ ।’
दैनिक १५ जना भन्दा बढी भिआईपी बिमानस्थलबाट आउने गरेका छन् । राजनीति पार्टीको माग अनुसारको केन्द्रीय कमिटिका सदस्यहरुलाई समेत प्रयोग गर्न दिईएको छ । उनले बिमानस्थल सुधारका लागि भएको पहललाई सकारात्मक लिँदै आगामी दिनमा रिक्सा भाडा ब्यवस्थापन देखि भित्रको भिआईपी ब्यवस्थापनको काममा समेत काम तत्काल थाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्