विराटनगरमा एकैदिन ४ वटा आगलागी, हाइ भाेल्टेज समस्या

<span class='c1'>विराटनगरमा एकैदिन ४ वटा आगलागी,</span> <span class='c2'> हाइ भाेल्टेज समस्या</span>

प्रेम देवान ।
विराटनगर, १२ चैत । विराटनगरमा पछिल्लो १२ घण्टामा ४ वटा आगलागीका घटना भएको छ । क्षमता भन्दा बढी बिद्युत प्रवाह हुँदा ट्रान्समिटर पड्किएर तथा बिद्युत सर्ट भएर आगलागी भएको हो ।

प्रधिकरणबाट क्षमता भन्दा बढी भोल्टेज प्रवाह गरेको कारण विभिन्न स्थानमा आगलागी भएका छन् । अत्याधिक विद्युत प्रवाहका कारण १२ घण्टामा यी ठाउँमा आगलागी भयो ।
घटना १
विराटनगर १५ धुनिया वस्तीमा आगलागी भएको छ । विराटनगर १५ निवसाी अखिलेश साहको एकतले घरमा आगलागी भएको हो । विधुत सर्ट भई घरमा रहेका लत्ताकपडा, टिभी, फ्रिज अन्नपात गरी करिब एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानियवासी र रानी प्रहरीको प्रयासमा नियन्त्रण लिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
घटना २
विराटनगर १३ मलाय रोडमा रहेको पोलिट्याङ्क गोदाममा आगलागी भएको छ । पुरानो प्लाष्टिकको गोदाममा आगलागी भएको हो । विराटनगरका विरेन्द्र राठीको पशुपति पोलिट्याङ्कको गोदाममा राखिएको प्लाष्टिकमा आगलागी भएको छ । आगलागी विराटनगर महानगरपालिकाको २ वटा दमकल, ईलाका प्रहरी कार्यलय रानी प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा आगो नियान्त्रणमा आएका आएको हो । चाउ–चाउ, विस्कुट, सावुनको खोलमा प्रयोग गरिने प्लाष्टिक गोदाममा आगालागी भएको थियो । आगलागीबाट करिब ५५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।
घटना ३
विराटनगर ११ महेन्द्र चोक पस्चिम कान्छादाई मार्गमा गएराती विजुलीको पोलमा आगलागी भएको छ । राष्ट्रिय समाचार समितिको कार्यलय अगाडी रहेको विजुलीको पोलमा आगलागी भएको थियो । अत्याधिक भोल्टेज प्रवाह भएको कारण सोमबार राती विजुलीको पोलमा आगलागी भएको स्थानियवासीले बताएका छन् । आगो स्थानियवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो । विजुलीको पोलमा अचानक आगलागी भएपछि स्थानियवासीका लाईन अवरुद्ध हुदाँ समस्यामा परेको स्थानिय तेजेन्द्र भण्डारीले बताए ।
घटना ४
विराटनगर १० स्थित संसारी माइस्थान अगाडी विजुलीको पोलमा मंगलाबार आगलागी भएको स्थानिय कुमार विमलीले जानकारी दिए । दिउसो १२ बजेको समयमा विजुलीको पोलको तारमा विधुत सर्ट भई आगलागी भएको हो । आगलागीबाट विभिन्न ईन्टरनेट र केवलहरुको लाईन र विजुलीको पोलमा क्षति पुगेको छ । आगलागी स्थानियवासी र प्रहरीको सहयोगमा आगो नियान्त्रणमा लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्