ट्राफिक प्रहरीकाे विद्यार्थी र बुद्धिजीवी लक्षित ट्राफिक सचेतना

<span class='c1'>ट्राफिक प्रहरीकाे विद्यार्थी र बुद्धिजीवी</span> <span class='c2'> लक्षित ट्राफिक सचेतना</span>

विराटनगर, १२ फागुन । पछिल्लो समय सवारी दुर्घटनाका घटना दिन प्रतिदिन बढ्दाे क्रममा रहेकाे छ ।  ट्राफिक दुर्घटना न्यूनिकरण गर्न प्रहरीले दिन-रात अभियान चलाएपनि कमी आउन सकेकाे छैन ।

तर, पनि जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले  १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन जारी राखेकाे छ।   गत चैत्र १ गतेबाट सुरु गरेको यो अभियान अहिले पनि जारी छ । ट्राफिक दुर्घटना न्यूनिकरण गर्न नेमुवा ट्राफिक प्रहरीले विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी अभियान चलाएको छ । नेमुवा ट्राफिक प्रहरीले मंगलबार बुढीगंगामा रहेको स्मृति बोडिङका कक्षा ८ र ९ का विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी जानकारी गराएको हाे ।

त्यसैगरी विराटनगर ४ ढाटमा मोटर साईकल चालकलाई समेत सुरक्षित सवारी साधन कुदाउनेबारे जानकारी गराएको थियो । प्रहरीले ट्राफिक व्यावस्थापनलाई सहज बनाउन बुढीगगा गाउपालिकाका स्थानिय अगुवाहरुसँग छलफल गरेको थियो । साथै प्रहरीले उनीहरुलाई ट्राफिक सचेतना सम्बन्धि सचेतना मुलक कार्यक्रम समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्