नेविसंघ विद्यार्थी नेतामाथी क्रिकेटको खेल्ने विकेट प्रहार, ४ घाईते

<span class='c1'>नेविसंघ विद्यार्थी नेतामाथी क्रिकेटको खेल्ने</span> <span class='c2'>विकेट प्रहार, ४ घाईते</span>

प्रेम देवान
विराटनगर १३ चैत । मोरङको सुकुना क्याम्पसमा दुई विद्यार्थी समुह विच झडप हुँदा ४ विद्यार्थी नेता घाईते भएका छन् ।
नेविसंघ सुकुना विद्यार्थी नेतामाथी अखिल विद्यार्थी नेताद्धारा क्रिकेटको खेल्ने विकेटले प्रहार गर्दा ४ विद्यार्थी नेता घाईते भएका छन् । शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोधमा नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले विराध गर्दै आएको थियो ।
सुकुना क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी कुमार श्रेष्ठले स्कुल र क्याम्पसमा दोहोरो सेवा सुविधा लिएको भन्दै नेविसघले आन्दोलनको क्रममा अखिलका सन्तोस लिम्बुको नेतृत्वमा आएको टोलीले नेविसघका विद्यार्थी माथी आक्रमण गरेका थिए ।
एउटै सरकारी शिक्षकले स्कुल र क्याम्पसमा दोहोरो सेवा सुविधा नमिल्ने भएका कारण हामीले शान्तिपुर्वक आदोलन गरेका थियौ, क्याम्पस प्रमुखको आग्रहमा हाम्रा साथीहरुमाथी साङघातिक आक्रमण भयो नेविसघका पूर्व सभापति सुमन ढकालले आवर विराटनगरलाई जानकारी दिए ।
घाइते हुनुहुने नेबि संघ क्षेत्रिय सभापति होमनाथ पोख्ररेल, सुकुना बहुमुखी क्याम्पसका सभापती बिजय तोलाङ्गि , सचिव समीर सम्राट, सदस्य जीवन बस्नेत घाईते भएका छन् । घाईते मध्ये सभापति तोलाङ्गी सिकिस्त रहेको प्रहरीले जनाएको छ । घाईते सबैको विराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको छ । उता तोलाङ्गीको आईसियुमा राखेर उपचार भईरहेको छ ।
मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठ लगायतले शिक्षा ऐनविपरीत दोहोरो सुविधा लिने गरेको पाइएको छ । सुकुना क्याम्पसमा सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम, खगेन्द सुवेदी, महेश रेग्मी, गुरुप्रसाद अधिकारी, ठाकुर सुवेदी लगायत १९ शिक्षकले यस्तो सुविधा लिइरहेको विद्यार्थी नेताहरुको आरोप छ ।
यता सुकुना क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी कुमार श्रेष्ठ अनुसार आफू काम विशेषले वाहिर गएको बेला धर्नामा बसेका विद्यार्थीहरु विच सामान्य विवाद भएको मात्र जवाफ दिए । विवाद मेरो विषयमा थिएन अरु शिक्षकले क्याम्पस र स्कुलहरुमा पढाउने विषयमा विवाद भएको हो । घाईते दुवै पक्ष विच भएको हो । घाईते बढी नेविसघका विद्यार्थीहरु माथी भएको हो क्याम्पस प्रमुख श्रेष्ठले भने । विद्यार्थी नेतामाथी आक्रमण गर्ने अखिलका सभापति सन्तोस लिम्बुको समुहलाई खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका डिसएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो ।

संयुक्त संघर्ष समितिको मागहरु
१.शिक्षा ऐन विपरीत शिक्षकहरुले दोहोर स’विधा बन्द गर्नुपर्ने
२.इलाइबेरीको तत्काल व्यवस्था गर्नुपर्ने
३.क्याम्पस बस सन्चालन गर्नुपर्ने
४.खेलकुद शुल्क तत्काल घटाउनुपर्ने,
५.साइन्स ल्याबमा पर्याप्ट सामागीहरुको व्यवस्था गर्नुपर्ने
६.स्टुडेन्ट वेलफेयर फि घटाउनुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्