प्रदेश सरकारले लिने एसईई : निरीक्षकको सेटिङमा चल्छ बिद्यार्थीको भविश्य, परीक्षामा जे देखियाे

<span class='c1'>प्रदेश सरकारले लिने एसईई  : निरीक्षकको</span> <span class='c2'>सेटिङमा चल्छ बिद्यार्थीको भविश्य, परीक्षामा जे देखियाे</span>

विराटनगर, १३ चैत ।
सुनसरीको ईटहरी उपमहानगरपालिकामा रहेको कचना माध्यामिक बिद्यालय परिक्षा केन्द्रमा पुग्दा बिहानको करिब ९ बजेको थियो । साईरन सहित हुईँकिँदै गएको दुईवटा गाडी त्यो बिद्यालयको गेटमा रोकियो । गेटमा सुरक्षाकर्मी सहितको टोली थियो । ति प्रहरी कर्मचारीहरु एकाएक झस्किए । अनी सँगै रहेको गार्ड देखेपनि उनीहरुले नचिनेकै ब्यक्ति भएपनि सल्युट मारे । यसरी त्यस परिक्ष केन्द्रमा पुगेको टोली थियो प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितका सचिव र मन्त्रालयको परीक्षा अनुगमन टोली । न त्यहाँ मन्त्री पुगेको त्यहाँका कर्मचारीले थाहा पाए नत अनुगमन आउँदैछ भन्ने नै सुईँको पाउन सके  । परीक्षा केन्दको रनिङ गार्डको रुपमा बसेकी महेन्द्र माबि भरौलकी शिक्षक बिमला खड्का यता र उति दौडिँदै हल्ला नगर्न भन्न थालिन् ।
परीक्षा हल भित्र कोही कता फर्किएका, कोही हल्ला गरेका अनी कोही आफ्ना साथि सँग कपि साट्न समेत भ्याई सकेका थिए । त्यसलाई यथास्थीतिमा ल्याउने काममा ति निरिक्षकको भुमिका देखिन्थ्यो ।
हल्ला भयो, उता फर्की, मान्छे आए लगायतका जानकारी दिने काम समेत परिक्षा हललाई बाहिरैबाट गराएको देखिन्थ्यो । गेटमा छिर्ने बितिकै फुलबारीकोमा धुपीको बोटको फेदमा थप कपी फालिएको थियो चौरको बिचमा निरिक्षक गफ गरेर बसेका थिए । यस्तो अबस्थाका बिचमा एसईई परिक्षा यो परिक्षा क्षेत्रमा संचालन हुँदैथियो । परीक्षा हेरेर फर्किएका मन्त्री जीवन घिमिरेले भने, ‘हैन यहाँ त अलिक लुज नै रहेछ ।’
भित्री रुपमा केही चल खेल हुने गरेको भने केही बाहेकका धेरै परिक्षा केन्द्रहरुमा देखिएको छ । तर पहिलेको एसएलसी र वर्तमानमा एईई परीक्षाको बेला परीक्षा केन्द्र बाहिर ठूलो भीड लाग्थे । चिट लेख्ने र चोराउनेहरुको चहलपहल भने घट्नुलाई मन्त्री घिमिरेले सकारात्मक रुपमा लिएका छन् ।
एसईई हुन भन्दा अगाडिसम्म परीक्षा केन्द्रको आसपासको भिडलाई नियन्त्रणमा लनि सुरक्षाकर्मीलाई निकै नै समस्या देखिन्थ्यो । मुल गेटममा चेक जाँच गर्ने शिक्षक तथा सुरक्षाकर्मीहरुले बोराभरी गेस पेपर, गाइड र चिटहरु बरामद गरेका हुन्थे । परीक्षा कक्षाको अघिल्तिर कितावका चाङ् लागेका हुन्थे । यस पटकको परीक्षामा भने सुनसरी मोरङ क्षेत्रमा त्यस्तो अवस्था देखिएन ।
मन्त्री घिमिरे सहितको टोलीले बुधबार सुनसरीको धरान, इटहरी, दुहवी लगायतका विद्यालयहरुमा गरेको अनुगमनको क्रममा त्यस्तो नदेखिएपनि भित्री रुपमा हुने सामान्य चलखेल भने देखिन्थ्यो ।
सहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रसम्मका विद्यालय अनुगमनका क्रममा एउटा समान अवस्था भेटियो कि परीक्षा कक्षा भित्र, बाहिर र परिसरमा कुनै गेसपेपर, गाइड, वा पुस्तकहरु थिएनन् ।
धरानकोसहिदस्मृती माध्यामिक विद्यालयबाट सुरु भएको अनुगमन सुनसरीकै खनारमा रहेको शारदा माध्यामिक बिद्यालयमा पुगेर सकिएको थियो । तर अनुगमन गरिएका सबै परिक्षा केन्द्रमा कुनै त्यस्तो गाईड, गेसपेपर, पुस्तक, तथा भिड देखिँदैन थियो भने भित्री चलखेल भने प्रसस्तै देखिन्थ्यो ।
धरानका बिद्यालयमा अनुगमन हुँदैछ भन्ने कुरा केही समय अघि नै सार्वजनिक भएका कारण अनुगमका क्रममा सबै ठिकठाक अवस्था देखियो । अनुगमन हुने जानकारी पहिले नै विद्यार्थीसम्म पु¥याएका कारण विद्यार्थीहरुसमेत सचेत भइसकेका थिए । तर पब्लिक माध्यामिक विद्यालय धरानमा अनुगमन टोली पुग्दा केही शिक्षकहरुको दौडधुप नै चल्यो । एक जना शिक्षिका अनुगमन टोली पुग्नु अघि नै सबै कक्षामा पुगेर निरीक्षण भइरहेको भन्दै सचेत गराएको भेटियो ।
धरानको शिक्षानिकेतन माध्यामिक विद्यालयमा पनि सामान्य अवस्थामा परिक्षा चलिरहेको थियो । त्यस्तै जनता माध्यामिक बिद्यालयमा पनि अकस्मात मन्त्रीको टोली पुगेपछि गार्ड बसेका शिक्षकहरुलाई विद्यार्थीको चिट लुकाइदिनसमेत हम्मे परेको देखियो । शारदा माध्यामिक विद्यालय खनारमा परीक्षा सौहार्दपूर्वक सञ्चालन भइरहेको थियो । ति सबै विद्यायको बाहिर चिट चोराउने जस्ता कुनै समूहहरुको चहलपहल थिएन । समग्रमा यस पटकको एसईई परीक्षा निकै मर्या्दितरुपमा चलिरहेको मन्त्री घिमिरेले बताए । मन्त्रालयले परीक्षालाई मर्या्दित बनाउन १४ ओटै जिल्लाहरुमा प्रतिनिधि पठाएर अनुगमन गरिरहेको छ भने जिल्ला तह र स्थानीय तहबाट पनि छुट्टाछुट्टै अनुगमन भइरहेका छन् ।
यस बर्ष प्रदेश १ मा ३७२ परीक्षा केन्द्रमा ८४ हजार ५ सय ८ जना बिद्यार्थी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्