लगानी सम्मेलनमा विराटनगरका उद्यमी डाकिएनन्, दुवै वाणिज्य संघ पनि उपेक्षित

<span class='c1'>लगानी सम्मेलनमा विराटनगरका  उद्यमी डाकिएनन्,</span> <span class='c2'>दुवै वाणिज्य संघ पनि उपेक्षित</span>

विराटनगर, १४ चैत ।  काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा देशकै पुरानो औद्योगिक शहर विराटनगरका कुनै उद्यमीलाई निम्ता छैन ।

विराटनगरबाट एक उद्योगी अविनाश बोहरा मात्र सहभागी हुने भएका छन्। तर उद्योगी बोहरा विराटनगरका लगानीकर्ताका हैसियतमा नभई नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यका कारणले आमन्त्रित भएका हुन् । विराटनगरमा राजेन्द्र राउतको शिवम् समूह, जगदीश अग्रवाल नेतृत्वको विशाल ग्रुप, रामनिवास काबराको काबरा ग्रुप, नन्दकिशोर राठीको लोटस ग्रुप, शिवरतन शारडाको शारडा समूह, श्यामसुन्दर शारडाको पायोनियर ग्रुप, एके राठी र शारडा ग्रुपको साझेदारीमा रहेको प्रिमियर ग्रुप, अविनाश बोहराको बोहरा ग्रुप, घनश्याम काबराको क्वालिटी ग्रुप, राजकुमार गोल्छाको आरकेजी ग्रुप, सुरेन्द्र गोल्छाको हुलास खाद्यान्न, वासुदेव गोल्यानको गोल्यान ग्रुप, राजलक्ष्मी गोल्छाको हुलास वायर समूह, रमेश राठीको राठी ग्रुप, अशोक मुरारका र प्रदीप मुरारकाको मुरारका समूह, जितेन्द्र राठीको राठी समूह, बेनीगोपाल मुन्दडाको देबेनरा ग्रुप, महेश जाजू नेतृत्वको जाजू ग्रुप, नवीन रिजालको रिजालको समूह ठूला र मुख्य लगानीकर्ता मानिन्छन् ।
लगानी सम्मेलनमा विराटनगरका राष्ट्रिय स्तरमा गनिने कुनै उद्योगीलाई निम्ता गरिएको छैन । लगानी सम्मेलनमा मोरङ व्यापार संघ र उद्योग संगठनलाई पनि आमन्त्रण छैन । मोरङ व्यापार संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक मध्ये एक हो। पछिल्लो समयमा उद्योग सङ्गठनले लगानीकर्ताका मुद्दालाई देशव्यापी बनाइरहेको छ ।

‘हामीलाई निम्ता छैन, भएको भए हामी आफ्ना कुरा राख्ने थियौँ र पूर्वमा लगानीको वातावरण बनाउन आग्रह गर्ने थियौँ’, व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले भने, ‘नयाँ सरकार बनेपछि विराटनगरमा ठूला लगानीका घोषणा कसैले गरेका छैनन् । औद्योगिक शहरमा यस्तो किन भयो भन्ने विषयमा गहन विमर्श हुनु जरुरी छ र पूर्वमा कसरी लगानी बढ्छ भनेर उपाय खोजिनु आवश्यक छ ।’

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आफू र आफ्नो सङ्गठनलाई लगानी सम्मेलनमा निम्ता नआएको पुष्टि गरे।महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले एक दशकयता विराटनगरमा अपेक्षित लगानी आउन नसकेको र लगानीको केन्द्र बुटवल–भैरहवा हुन थालेको बताए ।

‘लगानी पश्चिमतर्फ जानुको मुख्य कारण चाहिँ ढुवानी खर्च हो’, उनको टिप्पणी थियो, ‘भारतबाट आउने सामान विराटनगरभन्दा कम ढुवानी खर्चमा वीरगञ्ज, बुटवल र भैरहवा आइपुग्छन् । त्यस्तै देशको मुख्य बजार काठमाडौंमा मालसामान पठाउन पनि विराटनगरभन्दा पश्चिम क्षेत्रबाट सस्तो भयो ।’

बोहराले भने,  पूर्वका तुलनामा पश्चिममा जमिन पनि सस्तो छ ।’लगानी सम्मेलनमा आफूले पूर्वका व्यावसायिक समस्यालाई छलफलको विषय बनाउने उनले बताए।महासंघका पूर्व केन्द्रीय सदस्य एवं एसियन थाई फुड्सका सञ्चालक महेश जाजूले लगानी सम्मेलनबाट आफूले केही आशा नगरेको प्रतिक्रिया व्यक्त गरे । बिनमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्