भारतका प्रख्यात स्वामीजी महासम्प्रोक्षणका लागि विराटनगर आउने

<span class='c1'>भारतका प्रख्यात स्वामीजी  </span> <span class='c2'>महासम्प्रोक्षणका लागि विराटनगर आउने</span>

विराटनगर, १४ चैत ।  भारतका प्रख्यात स्वामीजी विराटनगरमा सुरु भएको भगवतपुराण प्रतिष्ठा महासम्प्रोक्षण समारोहका लागि विराटनगर आउने भएका छन्।

विराटनगर पिपलचौकस्थित श्रीलक्ष्मी नारायण मन्दिरमा बुधबार म्हासम्प्रोक्षण समारोहको उद्घाटनका क्रममा समारोहका अध्यक्ष सुरेशकुमार शर्माले वैष्णव सम्प्रदायका मुख्य गुरु श्रीचिन्न जीयर स्वामी आउने जानकारी दिए।

अध्यक्ष शर्माका अनुसार धार्मिक कार्यक्रम आउदो आइतबार १७ गतेसम्म हुनेछ। आन्ध्रप्रदेश सीतानगर निवासी श्रीचिन्न जीयर स्वामीलाई विराटनगर महानगरपालिकाले समेत नागरिक अभिनन्दन गर्ने जनाएको छ।

महानगरका प्रमुख भीम पराजुलीले स्वामीलाई नेपालकै गौरवका रुपमा लिएको बताए। नेपालकै लागि गौरवको कुरा भएकाले पनि महानगरले उहाँलाई अभिनन्दन गर्ने तयारी गरेको मेयर पराजुलीको भनाइ छ।

सोही क्रममा नगेन्द्रप्रसाद रिजाल तथा आशालता रिजाल प्रतिष्ठानले एकलाख रुपैयाको नगेन्द्रप्रसाद रिजाल धर्मसंस्कृति पुरस्कार श्रीचिन्न जीयर स्वामीलाई प्रदान गर्ने भएको छ।

पाँचदिनसम्म धार्मिक कार्यक्रम सोही श्रीलक्ष्मीनारायण मन्दिर परिषरमा हुनेछ। २०४३ सालमा स्थापना गरिएको मन्दिर ६ कट्ठा क्षेत्रफलमा अवस्थित छ।

साबिकको मन्दिर जीर्ण भएपछि करिब ६ करोड रुपैयाको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो। १० हजार स्क्वायर फिटमा निर्माण गरिएको मन्दिरको निर्माण कार्य २०६७ साल माघबाट सुरु भएको गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्