एसईई : प्रदेश दुईमा चैत २१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित

<span class='c1'>एसईई : प्रदेश दुईमा चैत</span> <span class='c2'>२१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित</span>

काठमाण्डौ, १५ चैत । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरले आफूलाई दुःखी बनाएको बताएका छन् ।

शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने काम आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाए ।

श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको पनि मन्त्री पोखरेलले बताए । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि उनले बताए। २०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी दिए ।  प्रदेश दुईमा विज्ञान, सामाजिक शिक्षा, तथा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा विषयका प्रश्नपत्र बाहिरिएको थियो । यसले गर्दा पनि  प्रदेश दुईमा सम्पूर्ण विषयकै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो ।

प्रश्नपत्र बाहिरिएको सम्बन्धमा राष्ट्रिय परिक्षा बोर्डले छानबिन समिति गठन गरेर छानबिन थालेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन थालेको छ ।  प्रदेश दुईमा २६२ परीक्षा केन्द्र मा ७० हजार ५ सय ६२ परीक्षार्थी सहभागी छन् ।  मन्त्री पोखरेलले यो घटनामा जोसुकै संलग्न भए पनि नछाडिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्