विराटनगर १३ मा खाना पकाउने क्रममा ग्यांसबाट आगलागी

<span class='c1'>विराटनगर १३ मा खाना</span> <span class='c2'>पकाउने क्रममा ग्यांसबाट आगलागी</span>

विराटनगर, १६ चैत ।
विराटनगर १३ मा खाना पकाउने ग्यांसबाट आगलागी भएको छ । विराटनगर १३ आश्रमटोलस्थित ओमप्रकाश भिनवारको घरमा खाना पकाउने क्रममा ग्यांस लिक भएर आगलागी भएको हो ।

आगलागीबाट भान्सा कोठामा भएको बाक्सा,फर्निचर,अन्न, भांडाकुडा र विद्युतिय उपकरण जलेर नष्ट भएका छन । खाना पकाइसकेर रेगुलेटर निभाउन खोज्दा आगलागी भएको भिनवारले बताए ।
उनले आगलागीबाट १ लाख बढीको क्षति भएको जानकारी दिए । आगलागी स्थानीय र विराटनगर महानगरपलिकाको दमकलले नियन्त्रणमा लिएका थिए । स्थानीयबासीले बालुवा र पानी प्रयोग गरेर बेलैमा आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्