दक्षिण भारत बर्ष कै प्रखर विद्धान ब्यक्तित्व त्रिदण्डी स्वामीलाई विराटनगरमा नागरिक अभिनन्दन

<span class='c1'>दक्षिण भारत बर्ष कै प्रखर विद्धान </span> <span class='c2'>ब्यक्तित्व त्रिदण्डी स्वामीलाई विराटनगरमा नागरिक अभिनन्दन</span>

विराटनगर १६ चैत्र । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।
विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटनगर महानगरपालिका र नरेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले सम्युक्तरुपमा उहाँहरुको अभिनन्दन गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ताम्रपत्र सहितको नागरिक अभिनन्दन गरिएको प्रमाणपत्र त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई प्रदान गरेका थिए । यस्तै नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले प्रदान गर्दे आएको दुइ पुरस्कार समेत सोही अवसरमा प्रदान गरिएको थियो । प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल र सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा मेयर भीम पराजुलीले १ लाखको धर्म संस्कृति पुरस्कार चिन्नजीयर स्वामीलाइ र बाङ्गमय पुरस्कार गायत्री स्वरुपाश्रम झापालाई १ लाख रुपैया प्रदान गरेका छन् ।
अभिनन्दन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले धार्मिक ,सांस्कृतिक तथा बैज्ञानीक प्रविधीलाई समेत मिलाएर काम गर्न आबश्यक रहेको औल्याए । नैतिकता र इमान्दारिताका लागि धर्म जागरण आबश्यक भएको र यसको संरक्षण र सम्बद्घनका लागि प्रदेश सरकार सदैब तयार रहेको बताए । यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले दक्षिण भारतबर्षकै प्रखर बिद्घान र सामाजिक ब्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाउदा खुसी भएको बताए । धर्म ,संस्कृति ,नैतिकता र इमान्दारिता समाजको गहना भएको भन्दै मेयर पराजुलीले धार्मिक गतिविधि र कार्यक्रमलाई आफुले उच्च महत्व दिएको बताए । मेयर पराजुलीले विराटनगर महानगरलाई उच्च नैतिकबानहरुको सहर र धार्मिक नगरी बनाउने महाअभियानमा आफु उभिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्