विराटनगर चैत १७,
विराटनगर-५ बस्ने उमेर ३७ का दिपक गिरी शुक्रबार आफ्नो घरबाट हराएका थिए ।घरबा कसैलाई नभनी हिंडेको र फेला नपरेको भन्दै उनकी आमा मीना गिरीले प्रहरीमा खवर गरेकी थिइन ।तर शनिबार विहान सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का विनोदकुमार यादवको घरमा बसिरहेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा उनलाई फेला पारेर परिवारका सदस्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मानसिक समस्या रहेका कारण दिपक बेला–बेलामा घर छाडेर हिंड्ने गरेको आमा मीनाले बताइन ।