प्रधानमन्त्री ओली दुईदिने झापा र मोरङका कार्यक्रममा सहभागी हुन विराटनगर आउँदै

<span class='c1'>प्रधानमन्त्री  ओली दुईदिने  झापा र</span> <span class='c2'>मोरङका  कार्यक्रममा सहभागी हुन विराटनगर आउँदै</span>

विराटनगर, १७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली गृहजिल्ला झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्  ।   गृहजिल्ला झापा र मोरङका एक दर्जन बढी आयोजना तथा परियोजनाको अनुगमन तथा पार्टी कार्यक्रममा सहभागी हुनप्रधानमन्त्री ओली आज विराटनगर आउन लागेका हुन् ।

काठमाडौंबाट विराटनगर हुँदै प्रधानमन्त्री ओली आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेशन नं १ स्तरीय साहित्यिक-प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेससंयोजक चेतन अधिकारीले जानकारी दिए ।  आजै दमक नगरपालिका भवनको समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्दैछन् ।

यस्ताे छ दाेश्राे दिनकाे तालिका 

चैत १८ गते बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।  प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुपंक्षी एकिकृत बजार उद्घाटन गर्ने समेत कार्यक्रम तय भएकाे छ ।  दिउसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण पछि साेमबार अपरान्ह प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्