विराटनगर, १७ चैत ।
विराटनगर महानगपालिकाका मेयर भीम पराजुलीले पत्रकार कल्याण कोष मोरङलाई तीनलाख दिने घोषणा गरेका छन् ।
पत्रकार कल्याण कोष मोरङको ३३ औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रम विच मेयर भीम पराजुलीले पत्रकारहरुको क्षमता विकासका लागि सोरकम दिने घोषणा गरेका हुन् ।
वार्षिक उत्सवको अवसरमा विराटनगरका दुई संचारकर्मीलाई पुरस्कृत गरिएको छ । ३५ हजार राशीको सिर्जनशील पत्रकारिता पुरस्कार अग्रज पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिएको छ भने १५ हजार राशीको उदियमान पत्रकारीता पुरस्कारबाट यूवा पत्रकार गोपाल पोखरेलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने दुवैजनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कृत गरेका छन्