विराटनगरको कान्तिपुर कलेजबाट सात सय १४ जना विद्यार्थीको विदाई

<span class='c1'>विराटनगरको कान्तिपुर कलेजबाट सात सय</span> <span class='c2'>१४ जना विद्यार्थीको विदाई</span>

विराटनगर, १७ चैत ।
विराटगर–१० मा रहेको कान्तिपुर कलेजले चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रमको आयोजना गरेको छ ।

कलेजले आइतबार एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव तथा विदाई कार्यक्रम गरेको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए ।

सोही अवसरमा कक्षा १२ का विज्ञान तथा व्यवस्थापक संकायका ७ सय १४ जना विद्यार्थीलाई विदाई समेत गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका चौथो ब्याचका विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले विदाई गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व आपुर्ती मन्त्री तथा संघीइ सांसद शिवकुमार मण्डलले शिक्षामा रहेको चुनौती र कठिनाइहरु समाप्त गर्दै लैजानु पर्ने बताए । उनले सरकारी तथा निजि विद्यालयमा भएको विभेदलाई  अन्त्य गरिने बताए ।

कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, विराटनगर प्याव्सनका अध्यक्ष ईन्द्र राई, विराटनगर प्याव्सनका कोषाध्यक्ष शिव अधिकारी, प्याव्सन मोरङका पूर्व अध्यक्ष सुनिल पौडेल र सावित्री पराजुली, कलेजका सञ्चालकहरु प्रा.डा.तेजनारायण मण्डल, रोशन राजवंशी र भुवन नेपाल तथा कलेजका प्रमुख कार्यकारी निर्देशक विष्णु दाहाल लगायतले शैक्षिक सुधारका लागि कान्तिपुर कलेजले गरेको राम्रा प्रयास बारेमा चर्चा गरेका थिए ।
कलेजका प्रन्सिपल सन्तोष भगतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्