आन्तरिक ७ उडान विराटनगरमा आकस्मिक अवतरण, एयर चाइनाको विमान लखनउ डाइभर्ट

<span class='c1'>आन्तरिक  ७ उडान विराटनगरमा आकस्मिक</span> <span class='c2'>अवतरण, एयर चाइनाको विमान लखनउ डाइभर्ट</span>

विराटनगर, १७ चैत ।  काठमाडौंको मौसम खराब हुँदा चीनबाट आएको एयर चाइनाको विमान लखनउ डाइभर्ट भएको छ भने काठमाडौं आइरहेका आन्तरिक तर्फका ७ उडान पनि डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले एयर चाइनाको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि डाइभर्ट भएर भारतको लखनउमा अवतरण भएको पुष्टी गरेको छ। काठमाडौंको मौसम अहिले खुलिसकेको भएपनि एयर चाइना अब सोमबार मात्र काठमाडौं आउने छ।

आइतबार साँझ काठमाडौंको मौसम खराब भएर डाइभर्ट भएको यो एक मात्र अन्तर्राष्ट्रिय उडान हो। तर काठमाडौं आउँदै गरेका आन्तरिक तर्फका ७ विमान डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। विराटनगर विमानस्थलका निर्देशक टेकनाथ सिटौलाका अनुसार, बुद्व एयरका ४, यतिका २ र श्री एयरको १ विमान विराटनगरमा आकस्मिक अवतरण गरेका हुन्।

जनकपुर र विराटनगरबाट उडेका अन्य ६ वटा विमान डाइभर्ट भएर विराटनगरमा अवतरण गरेका हुन् भने भैरहवाबाट उडेको बुद्व एयरको एउटा विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरेको सिटौलाले बताए। ती सबै विमान सोमबार मात्र काठमाडौं आउने छन्।

मौसम सफा भैसकेकाले काठमाडौंको आकाशमा घुमिरहेका विमान भने अवतरण गर्ने प्रक्रियामा रहेको विमानस्थल स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्