प्रदेश दुई आकस्मिक मन्त्री परिषद वैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान

<span class='c1'>प्रदेश दुई आकस्मिक मन्त्री परिषद वैठक :</span> <span class='c2'>मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान</span>

जनकपुर, १८ चैत ।  प्रदेश दुई सरकारले आइतबार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहान बसेको परिषदको आकस्मिक बैठकले तत्कालीन राहत स्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

हावाहुरीमा परी ३१ जनाको ज्यान गएको छ भने ५००बढी घाइते भएका छन् । यस्तै बैठकले प्राकृतिक विपतिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि सरकारले पहल गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीको चपेटामा परेकाहरूको उद्धार, राहत तथा पूर्नस्थापनाको कार्यमा प्रदेश सरकारले आफ्नो सम्मपूर्ण शक्ति परिचालन गर्ने बताएका छन् । स्वास्थ्य सेवा शिविर टोली र राहत सामाग्री लिएर मुख्यमन्त्रीसहित अन्य मन्त्री घटनास्थलतर्फ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्