प्रदेश २ सरकारद्वारा राष्ट्रिय शाेककाे घाेषणा गर्न स‌ङ्घिय सरकारसँग आग्रह

<span class='c1'>प्रदेश २ सरकारद्वारा राष्ट्रिय शाेककाे</span> <span class='c2'>घाेषणा गर्न स‌ङ्घिय सरकारसँग आग्रह</span>

जनकपुर, १८ चैत । प्रदेश दुई सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् ।

आइतबार राति आएको हावाहुरीका कारण बारा र पर्सामा गरी अहिलेसम्म ३५ जनाको मृत्यु भएको र सयौं नागरिक घाइते भएकोले प्रदेश दुईसँगै सिंगो राष्ट्र दुःखमा परेको परिस्थितीमा राष्ट्रिय शोक घोषणा गर्न मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई आग्रह गरेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए   ।

प्रधानमन्त्री ओलीले पनि मुख्यमन्त्रीलाई फोन गरेर घटनाका बारेमा दुःख व्यक्त गरेको उनले जनाकारी दिए । प्रदेश सरकारले उद्धार जारी राखेको जनाएको छ । साथै सहयोगका लागि सबैमा अपिल पनि गरेको छ । मृतकका परिवारलाई तत्काल राहत स्वरुप तीन लाख रुपैयाँ दिने र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको मन्त्री यादवले बताए ।

आइतबार वर्षासँगै आएको हावाहुरीकारण ५०० भन्दा बढी मानिस घाइते छन् । घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्