विराटनगर, १८ चैत । मोरङको जहदा गाउँपालिका-४ मा सर्पदंशबाट एक जनाको ज्यान गएकाे छ । राती सवा ९ बजे घर नजिकै सडकमा हिँडिरहेको अवस्थामा सर्पले डसेर सोही स्थानका ४० बर्षिय भुवनदेवी मण्डलकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे । सर्पले डसेर घाइते भएकी मण्डललाई उपचारकोलागि कोशी अंचल अस्पताल बिराटनगर ल्याईएकाेमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।