नेटवर्किङ्गका नाममा ठगिधन्दा : ६ जना इटहरीबाट पक्राउ

<span class='c1'>नेटवर्किङ्गका नाममा ठगिधन्दा : ६</span> <span class='c2'>जना   इटहरीबाट पक्राउ</span>

ईटहरी, १८ चैत ।  नेटवर्किङ व्यवसायीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

सामूहिक उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इटहरी–५ मा करिब ६ महिनादेखि भाडामा लिएर सञ्चालन गर्दै नेटवर्किङ्ग व्यवसायबाट ठगिमा परेका १५ जनाले दिएकाे उजुरीका आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

बिभिन्न स्थानमा होस्टल खोली नेटवर्किंगको प्रशिक्षण दिने तथा प्रलोभन देखाउने काम गरेको प्रारभिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए  ।

प्रक्राउ पर्नेमा सर्लाही लालबन्दीका शम्भुबहादुर भुजेल, सुर्खेत जिल्लाका प्रकाश राउत, सुखेत जिल्लाकै महेश शर्मा लगायत ६ जना प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्