विराटनगरमा माछा अभाव, भारतबाट माछा आयातमा रोक लागेसँगै मूल्यमा वृद्धि

<span class='c1'>विराटनगरमा माछा अभाव, भारतबाट माछा</span> <span class='c2'>आयातमा रोक लागेसँगै मूल्यमा वृद्धि</span>

विराटनगर, १९ चैत। सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँगै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिएको छ ।

भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मूल्यसमेत वृद्धि भएको छ । स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ मासु उपभोग गराउन र मुलुकलाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा केही दिनदेखि पशुपन्छी आयातमा कडाइ गरिएको छ । प्रतिबन्धपछि भारतबाट आउने सरुवा रोगको नियन्त्रणमा समेत सहयोग पुग्ने सरकारको भनाइ छ ।

विराटनगरका माछा व्यवसायीले भारतबाट आयात रोकिएकाले उपभोक्ताको मागअनुसार माछा आपूर्ति गर्न नसकिएको बताएका छन् । आयातमा रोक लागेसँगै माछाको मूल्यवृद्धि भएको उनीहरूको भनाइ छ । माछा व्यवसाय संघका अध्यक्ष मालबाबु सहनीले विराटनगर नाकाबाट दैनिक ६ मेट्रिक टनभन्दा बढी भारतीय माछा आयात हुने गरेको जानकारी दिए । उनका अनुसार हाल दैनिक करीब एक मेट्रिक टनमात्र नेपाली माछा बजारमा भित्रिने गरेको छ । विराटनगरबाट पूर्वका इटहरी, बेलबारी, धरान, धनकुटा, खाँदबारीसहित प्रदेश नम्बर २ का सप्तरी र सिरहालगायत जिल्लामा समेत भारतीय माछा जाने गरेको सहनीले बताए । विगत केही महीनादेखि प्रदेश २ बाट विराटनगरमा माछा आउने क्रम बढेको थियो । तर, सरकारले भारतीय माछा आयातमा रोक लगाएसँगै प्रदेश २ को माछासमेत आउन छाडेको सहनीले बताए ।

भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछामा प्रतिकिलो ५० देखि सय रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । थोकबाटै महँगो किनेर ल्याउनुपर्ने भएकाले उपभोक्तालाई बेच्दा मूल्यवृद्धि भएको खुद्रा व्यवसायी बताउँछन् । पहिले २ सय ५० देखि ३ सयसम्म थोकमा विक्री हुने माछा अहिले खुद्रामा प्रतिकिलो ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा विक्री हुने गरेको छ । भारतबाट वार्षिक १ अर्ब ८३ करोड रुपैयाँबराबरको माछा आयात हुने गरेको छ । अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्