विराटनगरकाे काेशी अञ्चल अस्पतालमा मृत शरिरअस्पतालबाट निकालेर ३ घण्टा झारफुक

<span class='c1'>विराटनगरकाे काेशी अञ्चल अस्पतालमा मृत</span> <span class='c2'>शरिरअस्पतालबाट निकालेर ३ घण्टा झारफुक</span>

विराटनगर, १९ चैत।  कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।

उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खु्ट्टामा टोकेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १० बजे उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए ।

धामी भने जसरी पनि भुवनदेवीलाई ‘बचाएर छाड्ने’ वाचा गर्दै भीड र आफन्तहरुलाई ढाडस दिइरहेको थिए । परिवारकै सदस्यले सामूहिक रुपमा झारफुक गर्न लगाएरका रहेछन् । बिहान ८ बजे सुरु भएको झारफुक लगातार तीन घण्टा चलेको थियो । यो समाचार किशोर बुढाथोकीले अन्नपूर्णमा लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्