प्रेम देवान
विराटनगर, १९ चैत ।
“पहाडमा जाडो बढ्दा तराईले सेक्नु पर्छ”
“आँधी आए तराईमा पहाडले छेक्नु पर्छ” याे गीतले भने झै अहिले अबस्था त्यस्तै आएकाे छ ।
आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट धेरैले ज्यान गुमाए । सयौँ घाईते भएका छन् । यतिबेला सबैको ध्यान बारा र पर्सामा छ । चैत १७ गते आएको हावाहुरीबाट ३० जना भन्दा बढीले ज्यान गुमाए । करिब ६ सय भन्दा बढी घाईते भई अस्पतालका शैयामा घाईते अबस्थामा उपचाररत छन् ।
यो अबस्थामा एक अर्कामा दुःख साटा गर्नको लागि धेरै क्षेत्रका सहयोगी मनहरु बारा र पर्सा पुगेका छन् । सपना जस्तै लाग्ने विनासकारी हावाहुरीले बारा र पर्सा तहसनहस नै बनाईदिएको छ । अझै पनि हावाहुरी प्रभावित क्षेत्रका मानिसहरुले खुला आकाश मुनी रात विताउन बाध्य छन् ।
हावाहुरीका कारण सबै भन्दा बढी बालबालिका र वृद्धवृद्धालाई समस्या परेको छन् । भएका घरका टिनहरु हावाले उढाईदिएको छ अनि पिउने पानीको कलहरु भत्किएको छ । हावाहुरीका कारण विजुलीका पोलहरु भत्किएर अहिलेसम्म अन्धकारमा बस्नु पर्ने उनीहरुको वाध्यता छ । उनीहरुले भने जस्तो खानपिन गर्न पाएका छैनन् । उनीहरु रातभरी चिसो अनि अन्धकारमा बस्नु पर्ने वाध्यताले गर्दा कतैबाट राहत आउने आशामा छन् ।
भिषण हावाहुरीमा सबैभन्दा बढी प्रभावित क्षेत्रका मृतक र घाईतेका आफन्तलाई विराटनगरका विभिन्न संघसस्था तथा व्याक्तिले राहत संकलन थालेका छन् भने राहत वितरणको काम समेत शुरु भएको छ ।
क-कसले कति दिए सहयोग
बारा र पर्सामा आएको विनासकारी हावाहुरीबाट प्रभावित भएका परिवारलाई हिसान मोरङले १ लाख सहयोग गरेको छ ।
त्यसैगरी विराटनगरमा रहेको एनसेल कोशी परिवारले ३६ हजार बराबरको राहत सामाग्री संकनल गरेका छन् । त्यस्तै लायन्स क्लव अफ विराटनगर मोरङ, लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनल र विराटनगर भन्सार एजेन्टले ३ लाख बराबरको राहत सामाग्री लिएर हावाहुरी प्रभावित ठाउँमा पुगेर वितरण गरेका छन् ।
महानगरका जनप्रतिनिधी र कर्मचारीको एक दिनको तलव
विराटनगर महानगर पालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलव बारा र पर्साका हावाहुरी प्रभावितलाई दिने घोषणा गरेका छन् । जम्मा भएको तलवको रकमवाट आबश्यक सामाग्री खरिद गरि पिडामा परेका परिवारलाई प्रदान गरिने मेयर भीम पराजुलीले जानकारी दिए।
व्याक्तिगतको सहयोग
विराटनगरमा लायन्स क्लव अफ विराटनगर शुभम्की अध्यक्ष अनुजा कोईरालाले ६ हजार , नितम चौलागाइ १० हजार, गोपाल काफ्ले ७ हजार , चेतन निरौला ५ हजार, लक्ष्मी प्रसाद मण्डलले १ सय प्याकेट जिवन जल, प्रविन अग्रवालबाट १० कार्टुन चाउचाउ, नरेश खत्रीले २५० भेष्ट प्रदान गरेका छन् ।
विराटनगरको युवा विद्यार्थी पेरिस सुवेदीको नेतृत्वमा राहत संकलन भएको छ। संकलन गरिएका राहत सामाग्री सहित युवा विद्यार्थीहरुको टोलीसँग आवर बिराटनगरको टोली सहित वुधबार बारा र पर्सामा पुगेर हावाहुरी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।