पूर्वराजा ज्ञानेन्द्रले इलामका सर्वसाधारणलाई सडकमै भेटे

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्रले  इलामका</span> <span class='c2'>सर्वसाधारणलाई सडकमै भेटे</span>

इलाम, २१ चैत ।  सत्ता च्युत भएपछि पहिलो पटक पूर्वी पहाडको यात्रामा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार इलामका सर्वसाधारणलाई सडकमा भेटेका छन्। उनको स्वागतमा सदरमुकामको नजिक चोकदेखि लामबद्ध सर्वसाधारणलाई भेटेका हुन्।उनलाई भेट्न सयौं नागरिक लामवद्ध भएका थिए।

राजावादीले 'राजा आउ देश बचाउ' लगायतका नारा लगाएका थिए। हँसिलो मुद्रामा सडकमा आएका उनले बालबालिका देखि जेष्ठ नागरिक सम्मलाई धाप मार्दै स्वागत स्वीकार गरेका थिए।

आइतबार इलाम आएका उनी धार्मिक भ्रमणका लागि पूर्वी पहाड आएको बताइएको छ । उनले पत्रकारहरु माझ आफु र्मीक भ्रमणका लागि आएको बताए ।  आइतबार साँझ इलाम आएका उनी सदरमुकामको समिट होटलमा बसा बसेका थिए। शाह १८ गते बिहान पाँचथर पुगेका थिए।

१९ गते साँझ इलाम फर्कर्केका उनी २० गते होटलमै बसेका थिए।शाहले दिउँसो माईस्थान मन्दिरमा पूजाअर्चना गरेका गरे। इलाम बसाईको क्रममा उनले सर्वसाधारणसँग भेट गरे। बिहीबारझापाको बुधबारेमा पनि कार्यक्रम रहेकाले राजा त्यहाँ जाने कार्यक्रम रहेको सिवसेना नेपालका प्रवक्ता वसन्त विक्रम पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्